१३ बैशाख २०८१, बिहीबार

शहिद-बेपत्ताहरुकाे सपना पूरा गर्न नेकपा प्रतिबद्ध छ : विप्लव

0

ललितपुर / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सहिद तथा वेपत्ताहरुको सपना अझै पुरा हुन नसकेको बताएका छन् ।

सहिद सप्ताहको अवसरमा नेकपाद्वारा ललितपुर जिल्ला पार्टी कार्यालय हरसिद्धिमा आइतबार आयोजित सहिद तथा बेपत्ता योद्धा परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले यस्तो भनेका हुन् ।

” सहिद तथा बेपत्ता योद्धाहरूको सपना र लक्ष्य अझै पूरा छैन , ती सपना पूरा गर्नका लागि नेकपाको नेतृत्वमा अगाडि बढाइरहेको एकीकृत जनक्रान्तिद्वारा पूरा गर्नुपर्छ भन्दै प्रचण्ड, बाबुरामहरुले अलपत्र परेको अधुरो क्रान्ति पूरा गर्न नेकपा प्रतिबद्ध छ” उनले भने-” जनयुद्धलाई अपराधिकरण गर्ने पुँजीवादी षडयन्त्रलाई पार्टीले चक्नाचुर परिनेछ।

कार्यक्रममा जिल्ला सेक्रेटरी विकास सीले अध्यक्षता गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।