१४ बैशाख २०८१, शुक्रबार

हामी दलिय हस्तक्षेप मुक्त विश्वविद्यालय चाहन्छौं : अखिल (क्रान्तिकारी)

0

काठमाडौं –  अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सीले नेपालको विश्वविद्यालयहरुलाई दलिय हस्तक्षेपक मुक्त विश्वविद्यालय बनाउन चाहेको बताएका छन।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयुक्त घोषणापत्र सार्वजनिक गर्न चार विधार्थी संगठनद्वारा आयोजना गरेको स्ववियु निवार्चन र संयुक्त घोषणपत्र सार्वजनिक कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रकाश सीले यस्तो बताएका हुन् ।

आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा चार क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले सहकार्य गर्ने भएका छन् ।

हामी दलाल पुँजीवादी संसदीय अर्थराजनितिक व्यवस्थाका विषम परिस्थि विरुद्धमा लडीरहेका छौं ,तीस बर्षदेखि तीन/ चार राजनितीक दलहरुले सत्तामा सिन्डिकेट लगाईरहेका छन् , त्रिभुवन विश्वविद्यालयको समग्र सुधारका निम्ति प्रशासनिक, प्राज्ञिक र नीतिगत सुधारका लागि संघर्ष गर्ने हाम्रा साझा एजेण्डा रहेका छन्, ।

कार्यक्रममा -अहिलेका विश्वविद्यालय राजनीतिक दलको पार्टी कार्यालय जस्तो भएका छन, यसो हुनुमा दलीय भागबन्डा प्रणाली उत्तरदायी रहेको उनले बताए ।

“हाम्रा विश्वविद्यालयहरु खण्डहर भएका छन् । पुरानै लयमा विश्वविद्यालयलाई कसरी फर्काउन सकिन्छ भनेर हामी लागिरहेका छौं । विश्वले नै खोजिरहेको जनशक्ति उत्पादन गर्ने, व्यवहारिक परीक्षा प्रणाली लगायतका तमाम विषयमा हामी यो स्ववियु निर्वाचनमार्फत् छलफल गर्न चाहन्छौं । यी सबै समस्यको कारण हामीले त्यहाँभित्र रहेको दलीय भागबण्डा नै मुख्य समस्या मानेका छौं । आज विश्व विद्यालयमा अध्ययन, खोज र अनुसन्धान छैन । हामी दलीय हस्तक्षेप मुक्त विश्वविद्यालय बनाउन चाहन्छौं,’– उनले थपे।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।