६ पुष २०८२, आईतवार

नेकपा काठमाडौ तीन नम्बर जिल्लाले सहिद परिवारको घरदैलोमै गर्यो सम्मान

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला नम्बर तीनले सहिद सप्ताहको अन्तिम दिन सहिद तथा बेपत्ता योद्धा परिवारलाई घरमै पुगेर सम्मान गरेको छ। नेकपा काठमाडौँले वेपत्ता योद्धा रामहरी रुपाखेती, दिनेश लामिछाने, रेणु दुलाल, हरि शरण महर्जन, मिना श्रेष्ठ लगायतको घर घरमा गई सम्मान गरेको हो।

रुपाखेतीका दाई रमेश रुपाखेती, लामिछानेका बुवा श्यामप्रशाद लामिछाने, रेणु दुलालका बुवा चन्द्र दुलाल र उनकी आमा, हरि शरण महर्जनको बुवा हरिकृष्ण महर्जन अनि उनको आमा , मिना श्रेष्ठकी आमा मोतीमाया श्रेष्ठ लगाएतका सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरिएको इञ्चार्ज धिरिन्द्रा उपाध्याय (भृकुटी) ले बताइन्।

सम्मानपछि सहिद तथा वेपत्ताका परिवारजनहरुले आफ्नो कुरा राख्दै आन्दोलनप्रति विचलित नहुन सुझाव दिएका थिए । जुन उद्देश्यका निम्ति हाम्रा सन्ततिहरुले वलिदानी गरे, जुन उद्देश्यका लागि लड्दा बेपत्ता पारिए, त्यो सपना पुरा गर्न प्रतिबद्ध हुन सुझाव दिएको सम्मान गर्न घर–घर पुगेकी नेकपा केन्द्रीय सदस्यसमेत रहेकी भृकटीले बताइन् ।

‘जनयुद्धका सपना, हाम्रा सन्ततिहरुको सपना मर्न दिदैनौ भन्ने प्रतिबद्धता चाहियो । हामी जस्तोसुकै त्याग गर्न र फेरि वलिदानी गर्न तयार छौँ । तपाईँहरु उनीहरुको सपनाप्रति इमान्दार रहनुहोस् ।’ सहित तथा बेपत्ता परिवारका सदस्यहरुको जोड थियो, ‘हाम्रा सन्ततिहरुको वलिदानी खेर जानु भएन, इतिहासका पानामा सहिद तथा वेपत्ता योद्धाहहरुको नाम स्वणिम अक्षरले लेखिनुपर्ने ।’

सम्मानको क्रममा नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सहिदहरुका सपनाहरु मर्न नदिन आफूहरु गम्भीर र प्रतिबद्धता रहेको भन्दै विश्वास दिलाएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।