१४ बैशाख २०८१, शुक्रबार

नेकपा बाँकेद्धारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

0

२१ फागुन,बाँके /नेपाल कम्युनिष्ट पार्टी बाँकेले राप्तिसोनारी र नरैनापुर गाउँपालिकाका सहिद तथा बेपत्ता परिवारजनलाई आईतवार सम्मान गरेको छ । जिल्लाको सहिद स्मृति भवन फत्तेपुरको सभाहलमा एक कार्यक्रमको आयोजना गरी करिव ३२ जना सहिद तथा बेपत्ता परिवारहरुलाई नेकपाले सम्मान गरेको हो ।

नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रणदिप सीले सहिद तथा वेपत्ता परिवारहरुलाई प्रति परिवार एक काँसाका कचौरा दिएर सम्मान गरेका थिए ।
जिल्ला ईन्चार्ज रणदिपले जनयुद्ध कुनै व्यक्तिको मात्र नभएर सवै माओवादीहरुको साझा विषय भएकाले यसलाई अपराधिकरण गर्न खोज्ने तत्व माथि धावा वोल्ने चेतावनी दिए ।

उनले दलाल पूँजीवादी व्यवस्था रहेसम्म सहिद बेपत्ताहरुका सपना पुरा नहुने भन्दै नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनु पर्ने वताए ।

नेता रणदिप सीले प्रचण्डलाई कांग्रेस हुनबाट जोगाउन र माओवादीहरुको रुपान्तरण सहित एकता गराउने काममा विप्लवले महत्वपूर्ण भूमिका खेल्न सुझाव दिए ।
सहिद परिवार समाजकी केन्द्रीय सदस्य पुर्णिमाले सहिदहरुको सपना पुरा नभएको भन्दै क्रान्ति जारी राख्नुपर्ने वताईन ।

यस्तै कार्यक्रममा महिला नेतृ महिमा, खडक, जीवन, डिल्ली लगायतका नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता बाँके जिल्ला सेक्रेटेरी कल्पना सीले गरेकी थिईन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।