१५ बैशाख २०८१, शनिबार

सबै माओवादीहरु एक हुनुपर्छ तर दान गरेको गाई जस्तो हुनु हुँदैन : अनिल शर्मा

0

२१ फागुन,कैलाली /नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्मा विरहीले नेपालका सबै माओवादीहरु एक ठाँउमा आउनुपर्छ भन्ने कुरा ठिक छ तर दान गरेको गाई जस्तो हुन नहुने बताएका छन।

नेपाल कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्र लम्कीले सहिद सप्ताहको अवसरमा संयूक्त रुपमा आईतवार आयोजना गरेको सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा वोल्दै स्थायी समिति सदस्य अनिलले यस्तो टिप्पणी गरेका हुन् ।

नेता अनिलले माओवादीहरुले खोजे जस्तो व्यवस्था अझै नआएको, सहिद परिवार र जनतासंग रगतको नाता गहिरो गरी जोडिएको भन्दै सवै माओवादीहरु एक भएर सहिदको सपना पुरा गर्नुको विकल्प नभएको वताए ।

उनले एकताका लागि सवै भन्दा पहिला प्रचण्डले संसदीय व्यवस्था असफल भयो र नेपालमा वैज्ञानिक समाजवाद चाहिन्छ भन्ने बाटोमा आउनु पर्ने वताए । नेता अनिलले नेकपाका बन्दी नेता, कार्यकर्ता रिहा गर्नु पर्ने र विगतका कमजोरीप्रति समिक्षित हुनुपर्ने वताए ।

नेकपाका प्रकाशन तथा प्रचार विभाग इन्चार्ज समेत रहेका अनिलले भने “माओवादीहरु आधारभूत रुपमा मिल्नु पर्यो भन्ने कुरा ठिक छ, मुलकुरा पार्टीलाई कता लिने हो ?भन्ने कुरा क्लियर हुनु पर्यो, ‘दान गरेको गाइ’ जस्तो पार्टी बनाउनु हुदैन ।”

” सेना समायोजको नाममा राता रात नेपाली सेना जनमुक्ति सेनाको व्यारेकमा पठाएर जनमुक्ति सेनालाई आत्मसमर्पण गर्न वाध्य पारेकाले यो नै माओवादी पार्टी विभाजन हुने मुख्य कारण बन्यो” उनले भने-” रणनैतिक प्रत्याक्रमणको चरण पछि पार्टीको विचारमा थप विकास गर्न माओवादी पार्टीले नसक्दा विभाजनको अर्को कारण बन्यो।”

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पवर्तले एउटा माओवादी सत्तामा र अर्को माओवादी सडकमा भएर पनि सहिद,वेपत्ताहरुको सपना पुरा नभएको र उनीहरुको परिवारको समस्या पनि समाधान नभएको वताए ।
उनले हिजो नेतृत्व सहि हुने वेला माओवादी चारैतिर फैलिएको र आज नेतृत्वमा भएको कमजोरीले माओवादीहरु विभाजन भई खुम्चिएको वताए । नेता पर्वतले व्यवस्था दलाल भएकाले सवै माओवादीहरुले सोच्ने वेला आएको पनि वताए ।

कार्यक्रममा सहिद परिवार शोभा आर्चायले प्रचण्ड सत्तातिर गएपछि पैसातिर विक्री भएको र सहिद तथा बेपत्ता परिवारलाई विर्सेको जस्तो गरेको वताईन । उनले सहिद तथा वेपत्ता परिवार कुनै पार्टीको नभई सवैको साझा भएको भन्दै माओवादी विभाजनले सहिद तथा बेपत्ताहरुको सपना पुरा नभएको वताईन । सहिद परिवार शोभाले सहिद तथा बेपत्ताहरुको सपना पुरा गर्न सवै माओवादीहरु मिल्न सुझाव दिईन ।

कार्यक्रममा सहिद परिवारहरुलाई कार्यक्रमका प्रमुख अतिथि अनिलले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सेति व्यूरो इन्चार्ज भगतसिंह, वेपत्ता योद्धा परिवारकी सावित्रा शाही,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रेम वयक, जनपत्रकार संगठनका अध्यक्ष शेरवहादुर विश्वकर्मा, नेकपा कैलाली इन्चार्ज प्रकाश केन्द्रिय सदस्य गणेशलगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेकपा माओवादी केन्द्रका लम्कीचुहा नगर कमिटि अध्यक्ष किशोरले गरेका थिए भने जिल्ला सेक्रेटरी दिल बहादुर साउदले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।