८ बैशाख २०८१, शनिबार

नेकपा दैलेखद्धारा सहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन

0

२१ फागुन, दैलेख । नेपाल कम्युनिष्ट पार्टी दैलेखले जिल्लाको राकम कर्णालीमा सहिद तथा बेपत्ता परिवारजनलाई आईतवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज विवेकले सहिद तथा बेपत्ता परिवारजनहरुलाई दोसल्लाह ओढाएर सम्मान गरेका हुन ।

नेता विवेकले सहिद तथा वेपत्ता योद्धाहरुको योगदानको चर्चा गर्दै सहिद तथा वेपत्ता योद्धाहरुको सपना अझै पुरा नभएको वताए ।

उनले नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनका लागि जनयुद्ध गरीएको भएपनि त्यो व्यवस्था नआएको भन्दै वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन क्रान्ति जारी रहेको वताए ।

नेता विवेकले संघीय लोकतान्त्रिक गणतन्त्रमा दलाँल पूँजीवादी वर्गले नेतृत्व गरेका कारण देशमा संकट पैदा भएको भन्दै जनताको व्यवस्था ल्याउन संघर्ष गर्नुपर्ने वताए ।
नेपाल कम्युनिस्ट पार्टी,दैलेखका सचिवालय सदस्य उदय सीले कार्यक्रमको अध्यक्षतामा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।