११ बैशाख २०८१, मंगलवार

दलाल पूँजीवादी व्यवस्थामा सहिदहरुको सपना पुरा हुदैन: विवेक सी

0

२१ फागुन,कालिकोट /नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्ये ब्युरो इन्चार्ज विवेक सीले महान सहिदहरुको सपना कुल्चने दलाल पूँजीवादी व्यवस्थामा सहिदहरुको सपना कहिल्यै पुरा नहुने वताएका छन ।

नेपाल कम्युनिष्ट पार्टीले तिलागुफा नगरपालिकाको छाप्रेमा आईतवार आयोजना गरेको सहिद तथा बेपत्ता परिवारहरुको सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नेता विवेकले यस्तो वताएका हुन ।

उनले दलाल संसदीय पूँजीवादी व्यवस्था जनयुद्ध,जनआन्दोलन, एकीकृत जनक्रान्ति लगायतका सवै परिवर्तनको आन्दोलनको उपलब्धि विरुद्धको व्यवस्था भएको भन्दै यो व्यवस्थाको अन्त्य नगरेसम्म आन्दोलनका उपलब्धिहरुको रक्षा नहुने वताए ।

उनले जनयुद्धलाई अपराधिकरण गर्न खोजिएकोमा आपत्ति जनाउदै सहिद बेपत्ता योद्धाहरुको सपना पुरा गर्न क्रान्ति अनिवार्य भएको वताए ।

नेता विवेकले एकीकृत जनक्रान्तिको माध्यमवाट वैज्ञानिक समाजवादको स्थापना गरेमा मात्र सवै सहिदहरुको सपना पुरा हुने दावी गरे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र नामको दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको औल्याउदै चाहेर पनि दलाल व्यवस्थाको मृत्युलाइ कसैले रोक्न नसक्ने वताए ।

कार्यक्रममा नेता विकेकले सहिद परिवारहरुलाई दोसल्लाह ओढाएर सम्मान गरिएको थिए भने कार्यक्रमको अध्यक्षता रमेस सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।