११ बैशाख २०८१, मंगलवार

सहिद तथा बेपत्ताहरुका सपना एकीकृत जनक्रान्तिद्वारा पुरा गर्छौं : बलवान सी

0

२१ फागुन,कालिकोट /नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवाल सीले सहिद तथा वेपत्ताहरुको सपना एकीकृत जनक्रान्तिवाट पुरा गरेरै छोड्ने वताएका छन ।
सहिद सप्ताहको अन्तीम दिन जिल्लाको माल्लकोटमा आईतवार आयोजित सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नेता बलवान सीले यस्तो कुरा वताएका हुन ।

उनले जनयुद्धको आधारभूमी माल्कोटमा हिजो ठुलो वलिदानी भएको वताउदै सहिद तथा वेपत्ताहरुको वलिदान खेर जान नदिने वताए ।
नेता बलवानले जनयुद्धलाई अपराधिकरण गर्ने तत्वका विरुद्व फेरि पनि जनयुद्ध व्यूताउने चेतावनी दिदै भने अहिलेको दलाल संसदीय व्यवस्था शोषण गर्ने, दमन गर्ने, चरम राष्ट्रघात गर्ने र जनघात गर्ने व्यावस्था भएको र यो व्यवस्थाले जनयुद्ध र जनआन्दोलनको एजेण्डा संस्थागत गर्न नसक्ने जिकीर गरे ।

उनले वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र सवै सहिद तथा वेपत्ताहरुको सपना पुरा हुने विश्वास दिलाउदै त्यसको मुख्य दायित्व नेपाल कम्युनिष्ट पार्टीको काँधमा आएको वताए ।

कार्यक्रममा नेता बलवानले सहिद तथा वेपत्ता परिवारलाई थाली हस्तान्त्ररण गरेर सम्मान गरेका थिए भने सहिद स्मृति गाउँपालिका पालिका ईन्चार्ज अर्जुन सी को अध्यक्षतामा भएको कार्यक्रमको संचालन अरिकलले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।