१३ बैशाख २०८१, बिहीबार

नेकपा कालिकोटद्धारा नगर समिति सदस्यको निधनप्रति शोक व्यक्त

0

२२ फागुन,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले रास्कोट नगरकमिटी सदस्य नया सीको दिर्घ रोगका कारण निधन भएको घटनाप्रति गहिरो दुख प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

नेकपाका जिल्ला इन्चार्ज बलवान सी र जिल्ला सेक्रेटरी साहसी सीले सोमवार एक संयुक्त शोक वक्तव्य जारी गरी फागुन २० गते उपचारका क्रममा सुर्खेत अस्पतालमा नगरकमिटी सदस्य नयाँ सीको निधन भएको जनाएका हुन ।

नेकपाले जारी गरेको शोक वक्तव्यमा घरपरिवार, इष्टमित्र, आफन्तजनहरुमा गहिरो समवेदना व्यक्त गरेको छ ।

क्रान्तिकारी योद्धा नयाँ सीले देश र जनताको मुक्तिका लागि महान जनयुद्ध र एकीकृत जनक्रान्तिमा ठुलो योगदान पुर्याएको स्मरण गर्दै नेकपाले उच्च पनि सम्मान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।