७ बैशाख २०८१, शुक्रबार

राज्यकै संरक्षणमा मिटर व्याजी र लघुवित्तले ३२लाख जनताविरुद्ध अत्याचार गरे:विप्लव

0

२२ फागुन,काठमार्डौ / नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले राज्य भित्रकै मान्छेहरुको संरक्षणका कारण मिटर व्याजी र लघुवित्तले अत्याचार गरेको वताएका छन ।महासचिव विप्लवले राज्य भित्रैकै मान्छेहरुको मिलिमत्तोमा मिटर व्याजी तथा लघुवित्तहरुले नेपाली जनतालाई लुटपाट गर्दै गाउँ गाउँमा महिलाहरुको उठ्ठीवास गरेको दाबी गरेका हुन ।

महासचिव विप्लवले सोमवार राती एभिन्युज टेलिभिजन संगको अन्तरवार्ताका क्रममा ३२ लाख मानिसहरु मिटर व्याजी तथा लघुवित्तवाट पीडित भएको खुलासा गर्दै उनले आफ्नो पार्टीले मिटर व्याजीहरुमाथि कार्वाही गर्दा आफ्नो पार्टीका नेता कार्यकर्ताहरु माथि मुद्धा लगाएर जेलमा जानुपरेको सन्दर्भ कोट्याए।

महासचिव विप्लवले युद्दमा मारिएका सहिदका नाममा  समेत वारेण्ट जारी गरेका वेला पनि यो देशको प्रधानमन्त्रीहरुलाई थाहा छैन यो  कस्तो व्यवस्था  हो ? प्रश्न गर्दै भने “यो अर्कैले चलाएको देश हो,साम्राज्यवादीको अतिक्रमण छ ।”

उनले अत्याचार वढदै गए जनताले लघुवित्तका विरुद्ध संघर्ष गर्नु अनिवार्य भएको वताए । महासचिव विप्लवले वैङ्क तथा लघुवित्तहरु जनताको लागि सहयोगी हुनुको सट्टा उल्टै लुट्ने काम गरिरहेको भन्दै जनता लट्नेहरु विरुद्ध नेकपाले कार्वाही गर्ने चेतावनी दिए ।

महासचिव विप्लवले अन्तर्वाताका क्रममा जनयुद्धलाई अपराधिकरण गर्न खोजे आफुहरुलाई सह्य नहुने वताए । जनयुुद्धको उपलब्धी नेतृत्वको कमजोरीले संस्थागत हुन नसकेको वताउदै समय आएमा माओवादीहरुको एकता नयाँ सिराहवाट हुन आवश्यक भएको वताए ।

अन्तर्वार्ताका क्रममा सामान्तवादका विकृतिहरु हटाउनु पर्ने भन्दै महासचिव विप्लवले भने कम्युनिट जाती निमार्ण गर्न आफ्नो पार्टीले सी जातीको निमार्ण गरेको दावी गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।