१४ बैशाख २०८१, शुक्रबार

जनपत्रकारहरुको पत्रकारिता तालिम तेस्रो दिनमा

0

लम्की/जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश समितिको आयोजनामा फागुन २० गतेबाट कैलालीको लम्कीमा सुरु भएको आधारभूत पत्रकारिता तालिम आज तेस्रो दिन पनि जारी रहेको छ । जनपक्षीय पत्रकारिताका माध्यमबाट देश , जनता र परिवर्तनका लागि नागरिकलाई सुसज्जित गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो।

तालिममा समाचार लेखन , समाचार संकलन प्रक्रिया , र पत्रकारितासंग जोडिएका आधारभुत विषयमा प्रशिक्षित भइरहेको बताइएको छ ।

प्रयोगात्मक रूपमै तालिममा सहभागीहरुले समाचार लेख्ने , आफ्नो अनुभव र सिकाईलाई व्यवहारमा उतार्ने लक्ष्यका साथ कक्षा सञ्चालन भइरहेको तालिम प्रशिक्षक तथा जन पत्रकार संगठन नेपाल सचिव वसन्त विकले जनपत्रिकालाई बताए ।

आज प्रशिक्षक अधिवक्ता मायाराम धमलाले पत्रकारितासंग जोडिएको कानुनी पाटोमा आफ्नो कक्षा सञ्चालन गरेका थिए । जस अन्तर्गत अधिवक्ता धमलाले पत्रकार आचारसंहिता,सञ्चार र सूचनासंग सम्बन्धित पाटो र समाचार प्रकाशन – प्रसारण गर्दा ध्यान दिनुपर्ने बिषयमा कानुनी संवेदनशीलतालाई केन्द्रमा राखी सहभागीलाई प्रशिक्षित गरेको बताए ।

तालिममा नेकपा स्थायी समिति सदस्य अनिल सी, जनपत्रकार संगठनका अध्यक्ष शेर बहादुर विश्वकर्मा, प्रदेश संयोजक धिरजले सहजीकरण गरिरहेका छन भने तालीमको समापन भोलि हुने आयोजकले जानकारी दिएका छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।