२९ बैशाख २०८१, शनिबार

अहिलेको संकटको निकास वैज्ञानिक समाजवाद हो: देव सी

0

२२ फागुन, ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य देव सीेले नेपालको राजनीतिक,आर्थिक,सामाजिक तथा सांस्कृतिक समस्याको संकटको निकास वैज्ञानिक समाजवादी राज्य व्यवस्था मात्र भएको वताएका छन ।

नेपाल कम्युनिस्ट पार्टी उत्तर मेची–कोशी ब्युरोले आईतवार ताप्लेजुङ जिल्लाको फक्ताङ्लुङ गाउँपालिका ५ हेल्लोकमा आयोजना गरेको ‘सहिद सप्ताहको समापन तथा जनमितेरी अभियानको’ उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रीय सदस्य देवले यस्तो कुरा वताएका हुन ।

नेता देवले नेपालबाट दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको उद्घोष गर्दै वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको आन्दोलनमा सक्रिय सहभागी हुन जनतालाई अपिल गरे ।
उनले सहिदको सपना पुरा नभएको र पुरा गर्न एकीकृत जनक्रान्तिको वाटोमा लाग्न सवैलाई आग्रह पनि गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य देवले जनयुद्धको क्रममा विभिन्न मोर्चामा सहिद भएका क्षितिज, वीर बहादुर माङ्मु, सुदिप, वीर बहादुर हेल्लोक, आईत बहादुर र मन प्रसाद लिम्बूको समाधिस्थलमा झन्डोत्तोलन गर्दै सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरे ।

नेकपाले सहिद सप्ताहको समापन कार्यक्रम संगैै जनमितेरी अभियायान पनि उद्घाटन गरेको छ । यो अभियानले जनता र नेकपाको सम्बन्ध नङ र मासुको जस्तो बनाउने उद्देश्य रहेको नेकपा ताप्लेजुङले जनाएको छ ।

यसैविच सहिद परिवारहरुको जीवनमा आइपर्ने समस्याहरुलाई सामुहिक रुपमा समाधान गर्न नेकपाले ‘हेल्लोक सहिद परिवार कोष’ घोषणा गरेको छ ।
कोषमा नेकपा ताप्लेजुङ्ले ५ हजार, हेल्लोक टोल कमिटीले ५ हजार गरी तत्काल १० हजार रुपैयाँको कोष जम्मा भएको जिल्ला ईन्चार्ज असलले जानकारी दिए ।

कोषमा प्रत्येक महिना स्थानीय कमिटी र सहिद परिवारहरुले थप रकम जम्मा गर्नेछन् । कार्यक्रममा अतिथिको रुपमा जिल्ला इन्चार्ज असल,वीर सी र दिल प. हेल्लोक लगायतका नेताहरू सहभागी थिए ।भने कार्यक्रमको अध्यक्ष जिल्ला सचिव अविशेक सी र संचालक गणेश सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।