१२ बैशाख २०८१, बुधबार

इलाममा सहिद परिवारले भने, ‘विप्लवबाट मात्र आशा छ’  

0

इलाम: नेपाल कम्युनिस्ट पार्टी ईलामले आज एक कार्यक्रमको आयोजना गरेर सहिद परिवारलाई सम्मान गरेको छ । ईलामको देउमाइ नगरपालिका मंगलबारे बजारमा जिल्लाका सहिद परिवारहरुलाई सम्मान गरेको हो । कार्यक्रममा पार्टिका केन्द्रीय सल्लाकार समितीका सदस्य होम सी, पार्टिका केन्द्रीय सदस्य तथा ईलाम जिल्लाका इन्चार्ज मौसम सी लगायतका जिल्ला नेताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा होम सी ले बोल्दै सहिद हरुको बलिदानको धज्जी उडाउने काम भएको आरोप लगाए । उनले सहिदको सपना माथि होली खेल्ने संसदवादी फटाहाहरुलाई जनताले कारबाही गर्ने बताए । कार्यक्रममा मौसम सि ले सहिदको सपना पूरा गरी छाड्ने र यसमा आफ्नो पार्टी सधैँ जनतासँगै बसेर संघर्ष गर्ने बताए ।
सहिद परिवारको तर्फबाट बोल्नेहरुले सहिदको बलिदानलाई बेचेर खानेहरु मोजमस्तिमा हिंडिरहेको बताउंदै बलिदान खेर जान नदिने गरी नेपाल कम्युनिस्ट लड्ने विश्वाश रहेको बताए । सहिद परिवारले अब जनताको सपना पूरा गर्ने एक मात्र आशा विप्लव रहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।