१२ बैशाख २०८१, बुधबार

लम्कीमा संचालित ४ दिने जनपत्रकारिता तालिम सकियो

0

२३ फागुन,कैलाली । जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशले लम्कीमा संचालन गरेको आधारभूत पत्रकारिता तालिम मंगलवार सकिएको छ ।

फागनु २० गते देखि सुरु भएको तालिममा समाचार,समाचार लेखन,समाचार लेख्दा ध्यान दिनु पर्ने कुरा, रिपोर्ट लेखन,फिचर लेखन लगायतका विषयमा विद्यागत तालिम दिएको थियो । तालिमलाई जनपत्रकार संगठनका केन्द्रीय सचिव वसन्त विकले सहजिकरण गरेका थिए । तालिमको मंगलवार एक औपचारिक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ ।

समापन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि अनिलले सम्वोधन गर्दै मिडिया विना कसैको पनि जनमत नहुने ठोकुवा गरे । उनले जनताको बीचमा आफ्ना कुरा लिन मिडिया नै एक शक्तिशाली हतियार भएको वताए । स्थायी समिति सदस्य अनिलले हरेक चिजमा समाचार देख्ने व्यक्ति नै कुशल पत्रकार वन्ने वताउदै पत्रकारले समाचारको चुरो कुरा पत्ता लगाउन सिपालु हुनुपर्ने वताए ।

कार्यक्रममा तालिममा सहभागी झण्डै दुई दर्जन प्रशिक्षार्थीहरुलाई सक्रियतापूर्वक तालिममा भाग लिएकोमा धन्यवाद दिदै प्रमुख अतिथि अनिलले तालिम प्राप्त गरेको प्रमाणपत्र समेत हस्तान्तरण गरे ।

कार्यक्रमका अतिथि नेकपाका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इन्चार्ज प्रकाश सीले पत्रकारिता तालिम आफैमा एउटा महत्वपूर्ण कार्य भएको भन्दै यसले तल देखि माथिसम्म मिडियाको कार्यमा जोडिन सहज भएको वताए ।

कार्यक्रममा अतिथिको रुपमा नेकपा केन्द्रीय सदस्यहरु प्रकाश हिमशिखर, जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष शेरवहादुर विश्वकर्मा , जनपत्रकार संगठनका केन्द्रीय सचिव वसन्त विक, कैलाली पूर्वी जिल्ला सचिव दिल वहादुर सी, लम्कीचुहा नगर कमिटीका इन्चार्ज प्रदिप लगायतको सहभागीता रहेको थियो ।

समापन कार्यक्रमको अध्यक्षता जनपत्रकार संगठन नेपाल सुदूरपश्चिम प्रदेशका संयोजनक धिरजले गरेका थिए भने संचालन गणेश एसकेले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।