७ बैशाख २०८१, शुक्रबार

संसदीय व्यवस्था रहेसम्म श्रमिक समुदायको मुक्ति असंभव: विकिरण सी

0

बाग्लुङ /नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य विकिरणले नेपालमा संसदिय व्यवस्था रहेसम्म सामाजिक सास्कृतिक उत्पीडनको रुपमा रहेको बिभेदको समस्या समाधान असंभव रहेको बताएका छन।सोमबार बाग्लुङमा सम्पन्न श्रमिक समुदाय मोर्चा नेपाल अन्तर्गत धौलागिरी ब्युरोको प्रथम बैठकमा प्रशिक्षण मन्तव्य राख्दै नेता विकिरणले यस्तो बताएका हुन।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य तथा धौलागिरी ब्युरो इन्चार्ज विकिरण सीले बोल्दै श्रमिकहरुको हरेक अधिकारको संमान गर्न र श्रमिक बर्गहरुको अधिकारहरुलाई नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा हुने एकीकृत क्रान्तिबाट मात्र संभव हुने बताए।

बैठकमा उपस्थित श्रमिक समुदाय मोर्चा नेपालको सचीव उमेष सीले नेपालका श्रमिक बर्गहरु जति सबै दलित भएको र दलित भएकै कारण अहिलेसम्म पनि कहिँ कतै जातिय छुवाछूत चपेटामा परेको , नेपाल् सरकारले जातीय विभेद हताउनको लागि कानुन बनाएको भएता पनि त्यसले समस्याको समाधान गर्न नसकेको बताए।

बैठकमा श्रमिक समुदाय मोर्चाको केन्द्रिय सदस्य कुमार सि , बागलुङ जिल्ला सेक्रेटरी क्रान्ति , श्रमिक समुदाय मोर्चाको केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला मोर्चाको इन्चार्ज सुशील सी, अनेरास्ववियु क्रान्तिकारी धौलागिरी ब्युरो इन्चार्ज
लक्ष्मण सी , बाग्लुङ्ग नगर इन्चार्ज महेन्द्र सीको उपस्थितिमा भएको बैठकमा धौलागिरी ब्युरो इन्चार्ज राम सीको अध्यक्षता र संचालक राम सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।