१६ चैत्र २०८०, शुक्रबार

देशमा शान्ति चाहने हो भने बैज्ञानिक समाजवाद अनिवार्य छ: नेता मौसम

0

इलाम/ नेपाल कम्युनिस्ट पार्टी, इलामले आज लघुबित्त, बैंक र मिटरब्याजिको आतंक बिरुद्ध एक प्रदर्शन गरेको छ । इलाम जिल्ला स्थित देउमाइ नगरपालिका मंगलबारे बजारमा जनताहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न प्रदर्शनमा पार्टीका केन्द्रिय सदस्य तथा इलाम इन्चार्ज मौसमले संबोधन गरेका थिए ।

संबोधनको क्रममा नेता मौसमले यो देशमा दलाल पुंजिवादले देश र जनतालाइ शोसण गरेको र अशान्ती फैलाएको हुनाले देशलाइ शान्तिमा लाने हो भने यो ब्यवस्थाको अन्त्य गरेर बैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नु पर्ने बताए ।

उनले नागरिकहरुको संकटबाट फाइदा उठाउने ठगहरुलाई संरक्षण गर्ने सत्ता र सरकार कसरी जनताको सरकार हुन सक्छ ? भन्दै प्रश्न गरेका थिए । यो सत्ता जनताको सत्ता होइन त्यसैले जनताले सास्ती खेप्नु परिरहेको बताए । उनले ठगहरुलाइ नेपाल कम्युनिस्ट पार्टीले ठेगान लगाउने समेत चेतावनी दिएका छन ।

कार्यक्रमको सभापतित्व र संचालन जिल्ला जनपरिसद प्रमुख गोपि सी ले गरेका थिए । चोक बजारमा नाराजाबाजी सहित संचालन भएको प्रदर्सनमा जनताहरुले शान्तीसंग बांच्न देउ, दलाल सत्ता मुर्दावाद, बित्तिय संस्था मुर्दावाद जस्ता नारा लगाएका थिए । प्रदर्शन कार्यक्रममा युवा संगठन नेपालका मेची इन्चार्ज मदम बिद्रोही , ब्युरो सदस्य अबिनाशले पनि बोलेका थिए । कार्यक्रममा नेकपा इलामले जनतालाइ जागरित गर्ने उदेश्यले पर्चा समेत बितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।