१५ चैत्र २०८०, बिहीबार

अखिल (क्रान्तिकारी) पूर्वी ताम्सालिङ ब्युरोकाे बैठक सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पूर्वी ताम्सालिङ ब्युरोकाे बैठक सम्पन्न भएकाे छ । आगामी चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचनको पूर्व तयारी स्वरूप अखिल (क्रान्तिकारी) पूर्वी ताम्सालिङ ब्युरोकाे बैठक बसेको हो ।
बैठक नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य विकल्प सीको प्रमुख आतिथ्यता र पार्टीको केन्द्रीय सल्लाहकार सदस्य यादव सी र केन्द्रीय प्रतिनिधि सदस्य तथा पूर्वी ताम्सालिङ ब्युराे जबस इन्चार्ज युगिन सीकाे उपस्थितिमा दाेलखाकाे चरिकोटमा बसेको बताइएको छ ।
त्रिभुवन विश्वविद्यालयले आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गरेसँगै क्रान्तिकारीले निर्वाचन केन्द्रित गतिविधि तीब्र पारेको छ। अखिल (क्रान्तिकारी) ले पछिल्लो १५ वर्ष यता स्ववियु निर्वाचन नभएकोले जसरी पनि यो पटक निर्वाचन हुनुपर्ने भन्दै चुनावी तयारी गरिरहेको छ ।
गत माघ २५,२६,र २७ गते केन्द्रिय समितिको बैठक सम्पन्न गर्दै स्ववियु निर्वाचनलाई एक सुत्रिय मुद्दा बनाउँदै देशैभरी गतिविधि गरिरहेको क्रान्तिकारी विद्यार्थीले पूर्वी ताम्सालिङ ब्युराे क्षेत्रमा बैठक,भेटघाट, छलफलसँगै जनजीविकासँग सम्बन्धित संघर्ष पनि गर्दै आएको छ ।
पूर्वी ताम्सालिङ ब्युराेमा स्ववियु निर्वाचन हुने त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा विद्यार्थी र क्याम्पस प्रशासनसँग भेटघाट गर्दै स्ववियुलाई विद्यार्थीको पक्षमा, त्रिविविको समग्र हित र शैक्षिक गुणस्तर बृद्धिका लागि आन्दोलनको रुपमा विकास गर्नुपर्ने र यसैलाई मुल एजेन्डा बनाएर निर्वाचनमा होमिएको अखिल (क्रान्तिकारी) ले जनाएको छ ।बैठकमा ब्युराे अन्तरगतका सबै जिल्लाकाे संयाेजकहरु रिपोर्टिङ राखेका थिए । बैठकको सञ्चालन संगठनका पूर्वी ताम्सालिङ ब्युराे इन्चार्ज दयाराम सि ले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।