२६ बैशाख २०८१, बुधबार

महिलाहरु संगठित भएर लड्नुको विकल्प छैन : राजकुमारी

सबै किसिमका विभेद विरुद्ध संघर्ष गरेर मात्रै मुक्ति सम्भव छ: दिपेश

0

सुनसरी: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी, सुनसरीले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

संघले महिला हिंसा, महंगी, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर र मिटर ब्याजीको ज्यादती विरुद्ध इटहरीमा विशाल जनप्रदर्शन गरेको छ । ८ मार्चको अवसरमा बुधबार इटहरी उपमहानगरपालिका ५ स्थित ज्योति मा.वि. को प्राङ्गणमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित क्रान्तिकारीले सुनसरीको प्रथम जिल्ला सम्मेलन समेत सम्पन्न गरेको छ ।

पार्टी पोलिट ब्युरो सदस्य दिपेश सीकाे प्रमुख अतिथ्यतामा सम्मेलन उदघाटन गरिएको हो । दिपेशले  शुभकामना मन्तव्यका क्रममा सबै किसिमका विभेद विरुद्ध संघर्ष गरेर मात्रै मुक्ति सम्भव रहेको बताए ।

कार्यक्रमका विशेष अतिथि संघका केन्द्रीय महासचिव राजकुमारी सीले सबै श्रमिक महिलाहरु संगठित भएर लड्नुको विकल्प नरहेको स्पष्ट पारिन् ।

पार्टी पोलिट ब्युरो सदस्य सुमन सीले मुक्ति आन्दोलनमा सहभागी हुनका निम्ति सबैलाई आग्रह गरे । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज विवश सी. र सुनसरी जिल्ला सेक्रेटरी सुरेश सीले स्थानीय स्तरमा भइरहेका महिला हिंसा विरुद्ध सशक्त संघर्षमा उत्रन सबैलाई आग्रह गरे ।

अतिथिहरु श्रमिक समुदाय मोर्चाका केन्द्रीय सचिवालय सदस्यद्वय निशान सी, र जीवन सी त्यसैगरी मोर्चाका केन्द्रीय सदस्य बिर्ख सी, अखिल नेपाल ट्रेड युनियन महासंघ सुनसरीका जिल्ला अध्यक्ष इश्वर सी लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखे ।

उद्घाटन समारोहको बीच- बीचमा स्थानीय कलाकारहरुको विविध साँस्कृतिक प्रस्तुती समेत रहेको थियो । कार्यक्रम क्रान्तिकारीका जिल्ला सचिव प्रमिला सीकाे सञ्चालन, जिल्ला अध्यक्ष परिता सी. को अध्यक्षतामा सम्पन्न भएको हो ।

क्रान्तिकारीका जिल्ला सदस्य मञ्जु सीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । सम्मेलनले परिता राईको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति समेत निर्वाचित गरेको छ । ८ मार्चको अवसरमा अ.ने.म. संघ क्रान्तिकारीले देशैभर महिला हिंसा विरुद्ध विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।