१९ बैशाख २०८१, बुधबार

८ मार्चको अवसरमा उदयपुरमा शुभकामना आदनप्रदान

0

उदयपुर / अखिल नेपाल महिला संघ क्रान्तिकारी उदयपुरले अन्तरास्ट्रिय श्रमिक दिवसको अवसरमा विभिन्न क्रियाकलाप गरि मनाएको छ।१ सय १३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एक आपसमा शुभकामना र परिवर्तन र महिला आन्दोलन प्रति प्रतिबद्धता गरि कार्यक्रम मनाइएको छ।

कार्यक्रमका प्रमुख अतिथि , नेकपा केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा उत्पादन बिभागका प्रमुख मिन प्रसाद सीले नेपालमा महिला उत्पीडनको मुख्य कारण दलाल पुँजीवादी संसदीय व्यवस्था भएको बताउदै उनले बैज्ञानिक समाजवादी ब्यस्थाले मात्रै महिला मुक्ति सम्भब हुने बताए।

त्यस्तै केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा उदयपुर जिल्ला सेक्रेटरी जित बहादुर सीले महिलामाथि हुने कुनै पनि हिंसा र शोषणका विरुद्ध संघर्ष जरुरी भएको , १० वर्षे जनयुद्धमा महिलाहरुले खेलेको महत्त्वपूर्ण भुमिकाको चर्चा गर्दै उनले देशमा लोकतान्त्रिक गणतन्त्र आईसक्दा पनि अझै महिला मुक्ति नभएको ,दिन दाहाडै महिलाहरु माथि बलात्कार र हिंसा गराउने राज्यसत्ताका कारण महिलाहरु विभेद र उत्पीडनमा पर्नुपरेको भन्दै क्रान्तिकारी महिलाहरु संगठित भएर एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवादम लागि संघर्षमा अगाडि बढ्नुपर्ने बताए।

अखिल नेपाल महिला संघ क्रान्तिकारी कि उदयपुर संयोजक कमला सीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन जनपत्रकार संगठन नेपालका केन्द्रिय सचिबालय सदस्य अनिता गजमेरले गरेकी थिइन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।