७ बैशाख २०८१, शुक्रबार

ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत पौडेल १ लाख घुस सहित पक्राउ

0

ललितपुर / ललितपुर महानगरपालिकाका  शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत घूससहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई १ लाख घुससहित पक्राउ गरेको हो।

उनले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको उजुरी अख्तियारमा परेको थियो । उजुरी पछि खटिएको टोलीले पौडेललाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । 

उनीमाथि थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।