१४ बैशाख २०८१, शुक्रबार

गुल्मीका ब्रेन ट्यूमर पीडित घर्तिले गरे उपचारका लागि सहयोगकाे अपिल

0

फागुन २६, गुल्मी /गुल्मीको मालिका गाउपालिका वडा नम्बर १ सल्लाखर्क स्थायी घर भएका ३० वर्षिय युवराज घर्ती मगर बिगत ८ वर्षदेखि ब्रेन ट्यूमर रोगले थलिएका छन । उनले उपचारमा आर्थिक अभाव हुन थालेपछि सहयोगको अपिल गरेका छन।

युवराजकाे आर्थिक स्थिति अत्यन्तै नाजुक रहेको र उपचारमा भएको सबै सम्पत्ति सकिएको र अझै उपचारको लागि १५ देखि २० लाख खर्च लाग्ने भएपछि आर्थिक सहयोग गरिदिन पीडित युवराजले अपिल गरेका हुन ।

युवराज अहिले ३० वर्षको भए, उनी १९ बर्षको कलिलै अबस्थामै आफ्नो परिवारको सपना पुरा गर्न खाडी मुलुक मलेसिया गएका थिए ।

मलेसियामा ८ वर्ष बसे ,उनको कमाइ पनि राम्रै हुदै थियो । तर उनी मलेसियामै हुँदा उनको स्वास्थमा समस्या आयो ।

स्वास्थ चेकजाँचकाे क्रममा उनलाई ब्रेन ट्यूमर जस्तो प्राण घातक राेग पुष्टि भयाे । उनले खाडी मुलुकमा पसिना बगाएको न त पैसा रह्यो, न त परिवारमा खुशी नै ।

उनले काठमाडौ न्युरो हस्पिटल र बि पि कोइराला क्यान्सर हस्पिटल भरतपुरमा उपचार गराउदै मलेसियामा कमाएको सबै पैसा पनि उपचारमै सकाए ।

उनले भने “अहिलेसम्म उपचारमा ६० लाख खर्च भै सक्यो, थप १५ देखी २० लाख रुपैया खर्च लाग्ने अस्पतालले भनेको छ, अब यत्रो रकम कहाँबाट जुटाउनु, आफूसँग भएको सम्पत्ति पनि सकियो, गाउँ ,घर ,आफन्त सबैसँग सहयोग लिएर अहिलेसम्म उपचार गरे, अब त सहयोग गर्ने मान्छे पनि छैन ,मलाई सहयोगी मन भएकाले मेरो उपचारमा सहयोग गरिदिनहुन अपिल गर्दछु ।”

“घरमा दुइ भाइ छोराहरु छन, बस्ने घर समेत राम्रो छैन, मेरो अबस्था झन झन नाजुक बन्दै गहिरहेको छ, म के गराैं उपचार त टाढाको कुरा हाे, अब घर बाट निस्किने अवस्था पनि छैन । यो देशमा गरिबहरुले उपचार नै नपाएर मर्नु पर्ने रहेछ ।” उनले दुखेसो पोख्दै भने।

युवराजले भक्कानिदै भने बाँच्ने इच्छा छ, मेरो उपचारमा सहयोग गरि मलाई बचाई दिन सबैमा अपिल गर्दै बैंक अफ काठमाडौ लिमिटेडमा रहेको खाता न१५३७००००७५३५२४  सार्वजनिक गरेका छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।