१३ बैशाख २०८१, बिहीबार

फाल्गुन २८ गते पत्रकार सम्मेलन र ३० गते अन्तर्कृया गर्ने आठ कम्युनिस्ट पार्टीको निर्णय

0

काठमाडौँ । माओवादी आन्दोलन सम्बद्ध ८ दलहरूको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ । 

बैठकले शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । एक संयुक्त अपिल जारी गर्दै सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको नेकपा महासचिव विप्लवको सचिवालयको तर्फबाट केन्द्रिय सदस्य अडिग सीले जानकारी दिए । 

फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते अन्तरक्रिया गर्ने ८ कम्युनिस्ट पार्टीहरुको तयारी छ ।

बैठकमा माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी, नेसपा, नेकपा माओवादी क्रान्तिकारी, , नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका शीर्ष नेताहरू सहभागी थिए।

प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादी धारका पार्टीहरू निरन्तर छलफलमा छन् ।

यसअघि माओवादी धारका दलको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।