१४ बैशाख २०८१, शुक्रबार

नेकपाद्वारा लेनिनजयन्तीको साताव्यापी कार्यक्रम सार्वजनिक

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीले लेनिनजयन्ती तथा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिनको स्मरण स्वरुप – २२ अप्रिलको सन्दर्भमा मनाउन लागेको साताव्यापी कार्यक्रम सार्वजनिक गरेको छ।मङ्गलबार काठमाडौको बुद्धनगर स्थित नेकपाको कार्यालयमा भएको स्थायी समिति बैठकले यस्तो निर्णय गरेको नेकपा स्थायी समिति सदस्य अनिल शर्मा बिरहीले जानकारी दिएका छन।

साताव्यापी कार्यक्रम अन्तर्गत आगामी बैशाख ३गते भित्तेलेखन/ प्रचारप्रसार, ४ गते कम्युनिस्ट अग्रजहरूलाई अभिनन्दन ,५ गते सांस्कृतिक कार्यक्रम,६ गते जनप्रदर्शन / सभा/भेटघाट,७ गते अन्तरक्रिया /गोष्ठी , ८ गते रक्तदान कार्यक्रम र ९ गते जनसभा, काठमाडौ तथा जिल्लाहरुले अन्य रचनात्मक कार्यक्रम थप्न सक्ने गरि योजना बनाएको छ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी स्थायी समितिको बैठकले एकीकृत जनक्रान्तिका १५ जना सहिदहरूको जीवनीपरक स्मृति अङ्‌‌कसहित महत्वपूर्ण प्रकाशनहरु गर्ने, जवस, मोर्चा, सङ्‌गठन, विभाग र रासायनिक मलमा गरिएको अनुदान कटौती लगायत विषयमा महत्वपूर्ण निर्णय गरिएको समेत नेता शर्माले जनपत्रीका डटकमलाई बताएका छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।