७ बैशाख २०८१, शुक्रबार

नेपाली क्रान्तिको नेतृत्व गर्ने जिम्मा विप्लवको काँधमा आएको छ: कर्णजीत बुढाथोकी

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी शुसिलले नेपाली क्रान्तिको नेतृत्व गर्ने जिम्मा अब विप्लवको काँधमा आएको बताएका छन।बुधबार काठमाडौको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित दुईपार्टी एकता सम्बन्धि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष शुसिलले यस्तो बताएका हुन।

“हामी उहाँको साथमा छौँ ,यो के पी ओली र प्रचण्डको जस्तो एकता होइन ,हाम्रो बर्ग, आन्दोलन र देशको आबश्यकता पुरा गर्न एकताको घोषणा गरेका हौं ,हामी क्रान्तिकारी आन्दोलनका अन्य शक्ति , व्यक्ति र पात्रहरुलाई एकता गरेर एकपटक दलाल पुजीवाद विरुद्ध अन्तिम लडाइँ लड्न हामीलाई एकीकृत शक्तिको खाँचो छ”

उनले भने-“जव रास्ट्रमा संकट पर्छ तब रास्ट्रीय एकताको आवश्यकता पर्छ,जव बर्गिय संकट पैदा हुन्छ तब बर्गिय एकताको आबश्यकता पर्छ,जव माओवादी आन्दोलनमा संकट पर्छ तब हामी माओवादीलाई एकता गर्न चाहन्छौं “

नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका उपाध्यक्ष रंगनाथ ढकालले मन्तव्यद्वारा स्वागत गरेको एकता सम्बन्धि पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्यहरु शिलु सी, भरत सी केन्द्रिय सल्लाहकार दीर्घ सी लगाएत नेताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन नेकपा स्थायी समिति सदस्य अनिल शर्माले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।