१३ बैशाख २०८१, बिहीबार

बीआर आई सहकार्यका लागि हो- भुराजनीतिक उपकरण होइन:राजदूत छन् सोङ्

0

काठमाडौँ — चिनियाँ राजदूत छन् सोङ्ले नेपालमा चिनियाँ लगानीलाई अनुकूल वातावरण सिर्जना गर्ने आशा व्यक्त गरेका छन् । फ्रेन्ड्स अफ सिल्क रोड नेपालद्वारा बिहीबार आयोजित ‘चीनको बेल्ट एन्ड रोड इनिसियटिभ) को १० वर्ष र नेपालको अनुभव’ कार्यक्रममा सम्बोधन गर्दै राजदूत छन्‌‌ले यस्तो बताएका हुन।

नेपालले सन् २०१७ को मेमा उक्त बीआरआईको दस्तावेजमा हस्ताक्षर गरेर पक्ष राष्ट्र बनेको थियो । तर हालसम्म नेपालले बीआरआई अन्तर्गतका कुनै पनि परियोजना अघि बढाएको छैन ।

कार्यक्रममा राजदूत छन्‌ले बीआरआईमा चीनको सहयोगमा कुनै पनि परिवर्तन भएको प्रस्ट पारे । ‘बीआरआई पूर्णरुपमा खुला, समावेशी र पारदर्शी छ । यसलाई ऋणको पासो भन्ने गलत भाष्यको रुपमा खडा गर्न खोजिएको छ, जुन गलत हो ।

बीआरआई सहकार्यको लागि हो,’ उनले भने, ‘अब उच्चस्तरीय बीआरआई सहकार्यमा जान्छौं । बीआरआई कुनै पनि भूराजनीतिक उपकरण होइन ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।