१३ बैशाख २०८१, बिहीबार

बैशाख ९गते नेकपा र माओवादी समाजवादीबिच एकताप्रक्रिया सम्पन्न हुने

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीबिच चलिरहेको एकता प्रक्रिया बैशाख ९ गते सम्पन्न हुने भएको छ।नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा भएको पार्टी स्थापना दिवसको सन्दर्भ पारेर दुई पार्टीको एकतालाई पुर्णता दिने बुधबार काठमाडौमा आयोजित संयुक्त पत्रकार सम्मेलनका लागि जारी विज्ञप्तीमा उल्लेख गरिएको हो।

संयुक्त प्रेस बिज्ञप्तीमा क्रान्तिकारी धारमा रहेका नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत पार्टीहरुसँग पनि एकताका लागि छलफल जारी रहने छ र संभव रहेसम्म एकताबद्ध हुँदै गइने छ भनिएको छ।

विज्ञप्तीमा : साम्यवादीमार्गनिर्देशक सिद्धान्तमार्क्सवाद-लेनिनवाद-माओवाद, वैज्ञानिक समाजवादी क्रान्ति, वैज्ञानिक समाजवादी व्यवस्था, वैज्ञानिक समाजवाद-साम्यवाद, अन्तर्राष्ट्रिय सर्वहारावाद, क्रान्तिकारी कम्युनिस्टहरुबिचको एकता जस्ता आधारभूत विषयमा हामी दुई पार्टीको दृष्टिकोण समान रहदै आएको थियो र छ । हाम्रा बिचमा एकता हुनुपर्छ भन्ने सोचका साथ विभिन्न स्तरमा छलफल हुँदै आएको पनि जानकारी नै छ ।

पार्टी बाहिरबाट हाम्रा शुभचिन्तक र समर्थकले क्रान्तिकारी पार्टीहरु जति सक्यो छिटो एकताबद्ध हुनुपर्छ भनेर सुझावहरु दिन भएको पनि छ । देशको संकट र त्यसको अग्रगामी एवं क्रान्तिकारी निकासको संभावनाले पनि क्रान्तिकारीहरुलाई एकतामा बढ्न प्रेरित गरिरहेको छ। यि र यस्ता कारणले हामी एकतामा पुग्ने निर्णय लिन सफल भएका छौं ।

हाम्रा आँखा सामु असफल, संकटग्रस्त दलालपुँजीवादी सत्ता र संसदीय व्यवस्थाको स्वेच्छाचारी शासन चलिरहेको छ । मुठ्ठीभर दलाल पुँजीपतिवर्ग बाहेक सारा नेपाली जनताको जीवन कष्टकर छ ।

मिटर ब्याज, लघुवित्त, धेरै जसो वित्तीय सहकारी र ठूला बैंकको चर्को ब्याजले गरीब किसान, विभिन्न व्यापार व्यवसायी, मध्यमवर्ग र राष्ट्रिय उद्योग/व्यवसायीहरु संकटमा पर्दै गएका छन् । कैयौं ऋणीहरुले आत्महत्या गरिरहेका छन् भने कैयौं घरवास छोडेर हिड्न विवस छन् ।

सारा युवा पुस्ता विदेशीएको छ । महिला र श्रमिक समुदाय माथि विभन्न खाले हिंसा जारी छन् । गौरवपूर्ण जनयुद्धलाई अपराधीकरण गरिदै छ । शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्र अस्तव्यस्त छन् । भूमण्डलीकृत अमेरिकी साम्राज्यवाद नेपाललाई नवउपनिवेश बनाउन हस्तक्षेप गरिरहेको छ ।

अपसोच राज्य र संसदवादीदलहरु भने सरकार, मन्त्री, कुर्ची, पैसाका लागि दिनरात लुछाचुडी गरिरहेका छन् । विदेशी मालिकसँग राष्ट्रघाति साठगाँठ गरिरहेका छन् । हामी क्रान्तिकारीहरुको साझा विचार छ कि यि सारा समस्याको समाधान संसदीय व्यवस्थाबाट संसदीय व्यवस्थामा घुमाउने राजनैतिक चक्रबाट संभव छैन । यसको सही समाधान वैज्ञानिक समाजवादी क्रान्ति र वैज्ञानिक राज्य सत्ताव्यवस्थाबाट मात्र संभव छ ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस हामी कम्युनिस्ट र श्रमिक जनताका लागि सर्वश्रेष्ठ दिन हो । सोही दिवसको अवसरमा हामी दुई पार्टीले एकता सम्पन्न गर्ने निर्णय गर्नु ज्यादै खुसी र उत्साहको विषय बनेको छ । हाम्रो विश्वास छ कि क्रान्तिकारी धारमा रहेका नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत पार्टीहरुसँग पनि एकताका लागि छलफल जारी रहने छ र संभव रहेसम्म एकताबद्ध हुँदै गइने छ ।

अन्तमा नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीको सुस्पष्ट विचार छ कि नेपालमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नु, नेपाली जनताको संमृद्ध जीवन एवं स्वाधीन नेपाल राष्ट्र निर्माण गर्नुबाहेक हामीसँग कुनै स्वार्थ छैन । हामी, हाम्रो लक्ष्य र विचारप्रति सधै समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दछौं “भनि लेखिएको छ ।

यस्तो छ -विज्ञप्तीको पुर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।