१३ बैशाख २०८१, बिहीबार

सु प विश्वविद्यालयले आफ्नै स्ववियु कार्यबिधि बनाउन अखिल क्रान्तिकारीको माग

0

कञ्चनपुर /नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी महाकाली ब्युरोले सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो मौलिकता र आबस्यकता अनुसारको स्वबियु निर्वाचन कार्यबिधि ल्याउनुपर्ने माग गरेको छ ।

बुधबार संगठनका महाकाली ब्युरो इन्चार्ज शंकर खातीले एक प्रेस विज्ञप्ति जारी गर्दै स्वबियु कार्यबिधि त्रिविको हुबहु भएको भन्दै उक्त कार्यबिधिलाई परिमार्जन गर्नुपर्ने बताएको छन।

साथै क्याम्पसमा ५० प्रतिशत विद्यार्थी पनि भर्ना नभएको स्थितिमा स्वबियु निर्वाचन कार्यतालिका निकाल्नु अवैज्ञानिक रहेको बताउँदै विद्यार्थीलाई मताधिकारबाट वञ्चित गराउन नहुने बताए । विद्यार्थीलाई पूर्ण भर्ना हुने व्यवस्था मिलाई स्वबियु निर्वाचन हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ८ गते गराउने गरी सुदुरपश्चिम विश्वविद्यालयले कार्यतालिका निकालेको छ ।कार्यबिधिमै विभिन्न विवाद देखिएको भन्दै विश्वविद्यालय केन्द्रीय क्याम्पस स्वबियु निर्वाचन समितिको कार्यालयमै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।