१४ बैशाख २०८१, शुक्रबार

नेपाली क्रान्तिलाई कमजोर बनाउन विदेशी शक्तिहरु सक्रिय छन: प्रकाण्ड

0

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालका क्रान्तिकारी कम्युनिस्टलाई सिध्याउन देशी- बिदेशी दलाल सक्रिय रहेको ठोकुवा गर्दै त्यसलाई चिर्न र त्यसबिरुद्ध संघर्ष गर्नु नेपालका क्रान्तिकारी कम्युनिस्टका लागि अहम् बिषय भएको बताए ।

प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीबिच पार्टी एकतासम्वन्धी संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

उनले जनताको पार्टी र जनताको नेताले आफुलाई ठिक ढंगले नसोच्दा देश र जनतालाई ठूलो मार परेको बताए ।
प्रवक्ता प्रकाण्ड सीले महान र इतिहासका निर्माता जनता नै भएको उल्लेख गर्दै देश र जनताको पार्टी र नेता बन्न नसक्दा ठूल-ठूला आन्दोलन र जनसंघर्ष हुँदा समेत पूर्णउपल्धि हासिल हुन् नसकेको भन्दै जनता पुन : संघर्षमा उत्रन बाध्य भएको बताए । नेपालका क्रान्तिकारी कम्युनिस्टलगायत तमाम प्रगतिशील र लोकतन्त्रवादीहरुलाई समेत समेटेर क्रान्ति सम्पन्न गर्नु ऐतिहासिक आवश्यकता छ” उनले भने।

कार्यक्रममा नेकपा महासचिव विप्लवको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका उपाध्यक्ष रंगनाथ ढकालले मन्तव्यद्वारा स्वागत गरेका थिए भने एकता सम्बन्धि पत्रकार सम्मेलनमा नेकपा स्थायी समिति सदस्यहरु शिलु सी, भरत सी केन्द्रिय सल्लाहकार दीर्घ सी लगाएत नेताहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेकपा स्थायी समिति सदस्य अनिल शर्माले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।