१२ बैशाख २०८१, बुधबार

अखिल (क्रान्तिकारी) छात्रा विभागद्वारा महिला हिंसाका विरुद्ध एकजुट भएर संघर्ष गर्न आह्वान

0

काठमाडौं: अखिल (क्रान्तिकारी) छात्रा विभागले महिलामाथि गरिने घृणित र अमानवीय कार्यको घोर विरोध तथा भत्सर्ना गर्दै अपराधीहरुलाई कडाभन्दा कडा कार्वाहीको जोडदार माग गरेको छ ।

अखिल (क्रान्तिकारी) छात्रा विभागका प्रमुख तारा संज्यालले एक प्रेस विज्ञप्ति जारी गरि केहीदिन अगाडि रुपन्देहीको सैनामैना – १०, फुलवारी मा १४ बर्षीय सीता ज्ञवालीलाई झारफुक तथा उपचार गर्ने नाममा घाँटी च्यापी कुटपिट गरि निर्ममतापुर्वाक हत्या गरेको घटना र चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालय विज्ञान संकायका डिन प्रा. जयप्रकाश दत्तले महिला कर्मचारीलाई यौन दुर्व्यवहार/अश्लील हर्कत गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता किसिमका घृणित र अमानवीय कार्यको घोर बिरोध तथा भत्सर्ना गर्दै अपराधीहरुलाई कडाभन्दा कडा कार्वाहीको जोडदार माग गरेकी छिन् । साथै डिन जयप्रकाश दत्तलाई विश्वविद्यालयबाट निष्कासन गर्न समेत खबरदारी गरेकी छिन् ।

महिला विभागले महिला हिंसाका विरुद्ध एकजुट भएर संघर्ष गर्न पनि आह्वान गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘लैङ्गिक हिंसा वा जुनुकुनै समस्यामा हाम्रो संगठन अखिल (क्रान्तिकारी) छात्रा विभागलाई तत्काल जानकारी गराउन हुन पनि हार्दिक अनुरोध गर्दछौँ ।’

विज्ञप्तिकाे पूरा पाठ-

त्याग बलिदान र संघर्षबाट स्थापित हाम्रो संगठन अखिल (क्रान्तिकारी) स्थापना कालदेखि नै शैक्षिक बिकृति, बिसगति, कालोबजारी, महंगी, भष्टाचार, महिला हिंसा लगायतका विरुद्धमा सघर्ष गर्दै आएको कुरा सर्वविदितै छ ।
यसै सन्दर्भमा केहीदिन अगाडि रुपन्देहीको सैनामैना – १०, फुलवारी मा १४ बर्षीय सीता ज्ञवालीलाई झारफुक तथा उपचार गर्ने नाममा घाँटी च्यापी कुटपिट गरि निर्ममतापुर्वाक हत्या गरेको समाचार बाहिरियो र लगत्तै फेरि चितवनमा कृषि तथा बन बिज्ञान बिश्वबिद्यालय बिज्ञान संकायका डिन प्रा. जयप्रकाश दत्तले महिला कर्मचारीलाई यौन दुर्ववहार÷अश्लील हर्कत गरेको भिडियो पनि सार्बजनिक भएको छ । यस्ता किसिमका घृणित र अमानवीय कार्यको घोर बिरोध तथा भत्सर्ना गर्दै अपराधीहरुलाई कडाभन्दा कडा कार्वाहीको जोडदार माग गर्दछौँ । डिन जयप्रकाश दत्तलाई विश्वबिद्यालयबाट निष्कासन गर्न समेत यहि बिज्ञप्ति मार्फत खबरदारी गराउन चाहन्छौँ ।
यस्ता किसिमका अपराधीहरुलाई सामाजिक बहिष्कार गर्नको निम्ति सम्पुर्ण आम सर्वसाधारणहरुमा हार्दिक अनुरोध पनि गर्दछौँ । अन्त्यमा देशभरी छात्राहरूमा हुने सबैखाले हिंसाका विरुद्ध एकजुट भएर सघर्ष गर्न आह्वान पनि गर्दछौँ । लैङ्गिक हिंसा वा जुनुकुनै समस्यामा हाम्रो संगठन अखिल (क्रान्तिकारी) छात्रा बिभागलाई तत्काल जानकारी गराउन हुन पनि हार्दिक अनुरोध गर्दछौँ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।