१३ बैशाख २०८१, बिहीबार

नेकपाले पार्टी स्थापना दिवसमा काठमाडौमा जनसभा गर्दै

बैठकद्वारा मिटरब्याजी र भ्रष्टाचारीहरुको सूची तयार पार्ने निर्णय

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले पार्टी स्थापना दिवस भव्य रुपमा मनाउने भएको छ । नेकपाले आगामी बैशाख ९ गते बृहत आमसभाको आयोजना गरी भव्य रुपमा पार्टी स्थापना दिवस मनाउने भएको हो ।

नेकपा उपत्यका व्युरोको दोश्रो पूर्ण बैठकले आमसभामा व्यापक सहभागीता जनाउने निणर्य गरेको छ । नेकपाका महासचिव विप्लव सीको प्रमुख आथित्यतामा चैत्र १ र २ गते बसेको बैठकले आमसभामा हजारौं जनताको सहभागीता गराउने निर्णय गरेको हो । भ्लादिमिर इल्यिच लेलिनको जन्मदिनको अवसर पारेर पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००७ साल बैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।

बैठकले काठमाडौं उपत्यकाका जिल्ला भित्रका मिटर व्याजी, भ्रष्टचारी, कलोबजारीको सूची तयार गर्ने समेत निर्णय गरेको उपत्यका व्युरोले जनाएको छ । दुई महिनाभित्र मिटर व्याजी, कालोबजारी, भ्रष्टचारीहरुको सूची तयार पर्ने र यही चैत्र १५ गतेसम्म लघुवित्त वित्तीय संस्थाको भण्डाफोर गर्ने निर्णय भएको व्युरो इन्चार्ज कृति सीले जानकारी दिए ।

बैठकमा नेकपा महासचिव विप्लवले वर्तमान राष्ट्रिय तथाअन्तराष्ट्रिय परिस्थिति र पार्टी केन्द्रले तय गरेको तीन आधार र पाँच कार्यलाई कार्यान्वयनमा परिणाममुखि बनाउन उपत्यका व्युरोमा परिचालित नेता र कार्यकर्ता थप गतिशिल हुनपर्ने भन्दै प्रशिक्षण मन्तव्य राखेका थिए ।

नेकपा पोलिटव्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा पोलिटव्युरो सदस्य प्रज्वल सी, केन्द्रीय सदस्य पाटन सी र सुदर्शन सीको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।