१३ बैशाख २०८१, बिहीबार

नेपाली जनप्रगतिशील मोर्चा यूरोपको अधिवेशन बेल्जियममा हुँदै

0

नेपाली जनप्रगतिशील मोर्चा, यूरोपको चौंथो अधिवेशन ७ मे २०२३ बेल्जियममा हुने भएको छ । मार्च १९ आईतवार बसेको मोर्चाको बिस्तारित बैठकले आगामी मे ७ तारिखका दिन संगठनको चौंथो अधिवेशन भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ । संगठनको उक्त अधिवेशनलाई सफल बनाउन पोर्तुगल, जर्मनी, स्पेन र अमेरिका लगायतका मोर्चामा आबद्ध टिम, नेतृत्व, पदाधिकारी र प्रतिनिधिहरुको बेल्जियममा उपस्थिति हुनेछ ।

नेपालबाट विविध कारणले विदेशिएका नेपालीहरुले भोग्नुपरेको समस्याकाे हल गर्न सदैव सहयोग गर्दै आएको र नेपालमा दलाल पूंजीवादी संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको आन्दोलनलाई एक्यबद्धता जाहेर गर्दै आईराखेको मोर्चाको उक्त अधिवेशनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उच्च तहका नेताले पनि सम्बोधन गर्नेछन् । उक्त बैठकमा पोर्तुगल मोर्चाका अध्यक्ष पूर्ण बहादुर विश्वकर्मा, जर्मनी मोर्चाका संयोजक भक्त श्रेष्ठ, बेल्जियम मोर्चाका अध्यक्ष मेख गुरुङ र अमेरिका मोर्चाका अध्यक्ष विश्व बहादुर शाहले संगठनको रिपोर्टिङ गरेका थिए । मोर्चाका अध्यक्ष बिष्णु भुजेलको अध्यक्षतामा सम्पन्न भएको बैठकलाई उपाध्यक्ष बदन योङहाङले स्वागत र संचालन सचिव ईश्वरी शर्माले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।