१३ बैशाख २०८१, बिहीबार

नेपालका दलितहरु र जातीय विभेद अन्त्यको सवाल

0

दलित भेनेको कसैले कसैलाई  दलन गरिएको ,हेपिएको चेपिएको, सम्मान अधिकार नपाएको र पाउन नसकेको भन्ने नै हो। यो बिगत ईतिहास देखि बर्तमानसम्म आउँदा दलित शब्दको बिषयमा थुप्रै भनाई त्यसको अर्थ र यसलाई बुझ्ने अनि बदल्ने कुरामा आ-आफ्न भनाइहरु, टीकाटिप्पनी तथ्य र तर्कपनी पेश भएका हामिले सुन्ने अनि देख्ने गरेका छौ।

यस शब्दलाई कतिपयले सकारात्मक रुपम लिएर गर्व गर्नुपर्छ भन्छन त कतिपय मनिसहरु घृणा र अस्विकार गर्दछन।चाहे त्यो ईतिहासकारहरु, या त दलित अभियान्ताहरु,समाजसेवी जसले भएपनी यो दलित शब्दलाई सहिढङ्गले यसको अर्थ बुझन जरुरी छ।

  विभिन्न शब्द कोषमा दिएको अर्थ जस्तै विकिपेडियाका अनुसार दलितको अर्थ दलन गरिएको अर्थात ती मानिसहरु जो आर्थिक अनि सामाजिक रुपले पछाडिएका छन ।जसको आर्थिक,समाजिक र धार्मिकरुपले प्राचिन काल्देखि नै कथित उच्च जातहरु बाहुन तथा क्षेत्री आदि जातहरुद्वारा शोषण र उत्पीडन गरिदै आईरहेको छ।

त्यस्तै नेपाली बृहत् शब्दकोषको अनुसार दलितको अर्थ फग्ल्याटै फग्ल्याटा परिएको,दलिएको,दमन गरिएको,थिचिएको,कुल्चिएको,बिध्वंस गरिएको,नष्ट गरिएको समुदाय हो।

त्यस्तै गरि नालन्दा विशाल शब्दसागरका अनुसार नष्ट गरियको,निच पारिएको,थिचिएको,इज्जत प्रतिष्ठा समानरुपमा पाउन नसकेको, समाजमा असमानताले शोषिएको समुदाय भन्ने अर्थ लाग्दछ।

प्रयोगात्मक नेपाली शब्दकोषका अनुसार अर्काको थिचोमिचोम परेको,अरुबाट सताइएको,समाजमा ईज्जत् र प्रतिष्ठा नपाएको ,थिचिएको, मिचिएको समुदाय भन्ने  अर्थ  लाग्दछ।

दलित सब्दको प्रयोग १८ औ शताब्दिमा अङ्ग्रेजहरु भारतमा प्रबेस गरेपछी अङ्ग्रेजरुले अछुत बनाईएका पन्चम श्रेणीका मानिसहरुलाई Depressed class भनेर न्वारन गरिदिएको थियो। त्यसपछी १९औ शतब्दिको अन्तिमतिर भारतका समाजिक सुधारक भनिने जोतिराओ फुलेले दलित शब्दको प्रयोग गरेको पाईन्छ।

यसका साथै भारतमा पछि आएर बि.आर.अम्बेडकर र दलित पान्थरहरुले अछुत मानिने सम्पुर्ण जाती कामी,दमाई,सार्की,च्यामे,पोडे,गाईने,बादी,गन्धर्ब,कलर,ककहिया,खटिक,कोरि,धोबी,बतर,चिडिमार,सर्भङ्ग,खत्वे,पासी,मुसहर,मेस्तर,तत्मा,चमार,धरिकर,नटुवा,खटिक आदि जातिहरुलाई यसमुनी राखिएर आन्दोलन गरेको पाइन्छ।

नेपालम पनि दलित सब्दको प्रयोग २०११साल देखि प्रयोग हुन थालेको देखिन्छ । नेपालम दलित शब्दको नाम २०२४ सालदेखी नेपाल राष्ट्रिय दलित जनबिकास परिषद् नाम प्रयोग गरिएको थियो।       हालसम्मको तथ्यांक हेर्दा दलित समुदाय भनिएका मानिसको संख्या  ५० लाख रहेको भन्ने गरिन्छ।
त्यसैले  त यो एउटा हिन्दु वर्णब्यबस्था र बाहुनबादको देन मात्र हो।

यो अहिलेको २१औ सताब्दिसम्म आउँदापनी हिन्दु वर्ण ब्यबस्थाका शासकहरुले आफैंले जातिय बिभेदको नीति,कानुन निर्माण गरिरहेका छन ।किनकी जातिय बिभेदलाई अन्त्य गर्ने नभई जातिय विषयलाई उठाउने अनि तेसमा टेकेर राजनीति गर्ने थलो बनेको छ।आफुले केही राहत दिउला, केही आरक्षणको ब्यबस्था गरौला भनी झुटटा आश्वासन दियर सत्तामा जाने भर्र्याङ्को रुपमा जातिय बिषयलाई उठाउने गरिएको छ।

यसको समाधान त्यो होइन।यसको समाधान बाहुनबाद,वर्ण ब्यबस्था र दलाल ससदिय ब्यबस्थाको अन्त्य नै हो।किनकी यो ब्यबस्थामा अहिलेपनी दलित समुदायमाथी अछुत भनेर कयौं ठाउमा विभेद गरेको पाईन्छ।अझैसम्म कुनै ठाउँमा दलित भनेर कुटपिट गर्ने, घरभित्र पस्न नदिने, पानीका धारा,पधेराहरुमा जान नदिने, दलितसङ्ग अन्य जातिको केटा या केटिले बिबाह गरेमा अस्विकार गर्ने, धार्मिक मन्दिरहरुमा अझैसम्म प्रत्यक्ष नभए पनि अप्रत्यक्ष ढंगले रोक लगाउने जस्ता बिभेदकारी नीति अझै बाँकि नै छन।

अझ ऐतिहासिक तथ्यमा जाने हो भने बर्तमान समयमा दलाल पुँजीवादीहरुले भन्ने गरेको दलित समुदाय बिगतको पराजित ,पराक्रमी,बहादुरी र साहासिकताको परिणाम हो भन्ने बुझिन्छ।जो दलित भनिएका मानिसहरु ईतिहासमा कहि कतै झुकेको र आत्मसमर्पण गरेको ईतिहास छैन ।उनिहरु ईतिहासमा साहासिक र पराक्रमी  योद्धाहरु थिए । तर साम्राज्यवादी,हिन्दु ब्राहमण र खस आर्यहरुको षडयन्त्र र पाखण्डद्वारा पराजित भैसकेपछी कठोर सजायको रुपमा अछुत या पन्चम श्रेणीमा राखियको इतिहास छ भन्ने गरिन्छ।

जसलाई  सामाजिक रुपमा पनि तुच्छ कामहरू जस्तैः मरेको जनावरहरु दफ्फन गर्ने,मैला कपडा धुने,चर्पी सफा गर्ने र कुनै ठुला भोजभतेरमा जुठा भाडा माझ्ने आदि कामहरु दिने गरियो। यसैगरी त्यो बेला बाहुनबादको परिभाषा अनुसार अति शुद्र जातिले धन सन्चयको नाममा फुटेको कौडी पनि राख्न नपाउने भनेपछि यी समुदायहरु जिबिकोपार्जनको निम्ति पनि अन्यश्रेष्ठका मानिसहरूमा निर्भर हुनुपर्ने बाध्य बनाइएको थियो।

त्यस्तो परिस्थितिमा दलिनु वा अरुको काम गर्नु बाहेक अरु केही विकल्प थिएन।तथापि भारत हिन्दुराज्य भएतापनि जातिय विभेद कयमै रहेको सरकारी कामकाजमा दलित भन्ने शब्द अहिले उल्लेख हुदैन त्यसको सट्टामा SCअर्थात scheduled caste शब्दको प्रयोग गरिन्छ । तर नेपालमा भने धेरै ठुला-ठुला क्रान्ति,परिवर्तन विभिन्न आन्दोलन मार्फत परिवर्तन भएतापनि कसैले जातिय बिभेदलाई अन्त्य गर्न सकेका छैनन। न त सरकारले न त कुनै राजनीतिक पार्टीले नै।अझै भन्ने हो भने दलित अभियान्ताहरु कसैलेपनि जातीय बिभेदलाई कसरी अन्त्य गर्न सकिन्छ भनेर प्रस्ट धारणा बनाउन सकेका छैनन।

सकभर नेपालमा त जातिय बिषयलाई उठाएर पैसा कमाउने व्यापार गरेको जस्तो देखिन्छ । किनकी जातिय बिभेदलाई अन्त्य गर्न सक्ने भनेको२०५२ साल फाल्गुन १ गते देखि सुरु भएको महान १० बर्षे जनयुद्ध थियोे ।यो कुरा नेपालका या बाहिरका दलाल पुजीवादीहरुले बुझेपछि जनयुद्धको नेतृत्वलाई नै आत्मसमर्पण गराएर संभावनाहरु टराउनेतिर लागे अनि जनयुद्धमार्फत प्राप्त उपलब्धिहरुलाई उल्टो दिशातिर घुमाउन तिर लागे।

दलाल पुँजीवादी शक्तिहरु एकहद सफल पनिभए।तेसैको परिणामस्वरूप नेपालमा दलाल संसदिय व्यवस्थाको २०७२ को सम्बिधानको धारा २५५ मा राष्ट्रिय दलित आयोगको ब्यबस्था गरिएको भनिएको  छ।त्यो आयोगले जातिय बिभेद्को अन्य गर्न सक्दैन किनकि नेपालका शासकहरुमा  हिन्दु ब्राह्मणबादी चिन्तन नै हाबी छ। तर अहिलेका युवाहरु यसमा सहमत भने छैनन् किनकी बर्तमान समयमा कसैले स्वयमलाई दलित ठान्नु र कसैले कसैलाई दलितको व्यबहार गर्नु दुबै मानसिक अस्वस्थताका रुपमा लिने गरिन्छ। यो समय लोकतन्त्र र मानवअधिकारको समय हो भन्ने गरिन्छ ।

तर पनि दलाल पुँजीवादी चेतना र दलाल राज्यब्यबस्थाको कारण नै हाल २१औ शताब्दिमा पनि कोहि उच्च, कोहि नीच जाती होइन ,जातीय बिभेदको खाडल पुर्नुको साटो खाडल बढिराखेको छ।जातिय बिभेदकै कारण कसैको हत्या,कसैले आत्महत्याजस्ता अमानविय र असह्य हुने गतिविधिहरु बढिरहेका छन।जातीय बिभेदलाई अन्त्य गर्नु आजको अनिबार्य आबश्यकता बनेको छ।

नेपालमा जबसम्म दलाल संसदीय ब्यबस्था रहन्छ तबसम्म जातिय बिभेदको अन्त्यको संभावना देखिदैन किनकि संसदिय ब्यबस्था भनेको केही मुठ्ठीभर मानिसहरुले बिदेशीका तलुवा बनेर पौने तीन करोड जनतामाथी दलाल शासन चलाईरहेका छन। यो दलाल ब्यबस्थाले त आफ्नो स्वर्गको लुट कसरी बचाउन सकिन्छ भन्नेमा मात्र तल्लीन हुन्छ ।

यहि दलाल संसदिय पुजीवादी ब्यबस्थाको उपजका रुपमा आजपनि मानिस बीच विभेद भैराखेको छ।यसको बैज्ञानिक ढंगले हल गर्नु आजको मुख्य आबश्यकता बनेको छ।दलित जाति र जातिय बिभेदको अन्त्य त्यतिकै भनेर मात्रै हल हुने बिषय पनि होइन त्यसका निम्ति सहि बिचार,दृस्ठिकोण,लक्ष्य र सहि योजनाले मात्रै जातीय बिभेदको अन्त्य गर्न सकिन्छ ।

यसका निम्ती नेपालमा जातिय बिभेदलाई अन्त्य गर्न नेपाल कम्युनिस्ट पार्टीले माक्र्सवादी दृस्ठिकोणबाट हल गर्ने नीति लिएको छ।आज नेपालमा देखिएको जातिय विभेद हुनुको कारण भनेकै बिबिध जात हो। साच्चिकै जातिय रूपमा कोही सानो त कोही ठूलो त्यसैले त ठुलो भनिने ब्राह्मण र खष आर्य जातिमा अहङ्कार बढ्छ ।अनी विभेद सुरु हुन थालदछ।

यसको सहि र बस्तुबादी विधि भनेकै एउटै जाती बनाउनु हो यसको सुरुवात नेपाल कम्युनिस्ट पार्टीले २०७९ असोज महिनामा सम्पन्न एतिहासिक नवौं माहाधिबेसनले सुरुवात गरेको छ।माहाधिबेषनले सम्पुर्ण जातिलाई एउटै जाती बनाउने उदेश्यले साम्यबादी या सि जाती बनाउने भनी पास गरि लागू गरेको छ।

यसो भए मात्रै जातीय बिभेदको अन्त्य सम्भव हुन्छ अन्यथा विभिन्न जाती कायम राखी जातिय बिभेदको अन्त्यको सम्भावना नै छैन।अर्को कुरा बिगत ईतिहासमा जसरी कामगर्ने मान्छेलाई दलियको,पिसियको,थिचियको अर्थ लगाउनुको साटो श्रमगरेको भन्नू उचित हुने छ।

सबै मानिसको  एउटै जाती निर्माणको बिषयलाई सरकारी कामकाजको तहमै लिएर जतिय बिभेदलाई अन्त्यगर्नु पर्दछ।यो बिषयको दलाल संसदिय ब्यवस्थाबाट सम्भावना छैन, यो त बैज्ञानिक समाजवादी ब्यवस्थाबाट मात्र एउटै जाती निर्माण गरि जातिय बिभेदको अन्त्य गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।