१२ बैशाख २०८१, बुधबार

नेकपा भक्तपुरले जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने

0

चैत ६ ,भक्तपुर /नेपाल कम्युनिष्ट पार्टी भक्तपुर जिल्ला समितिले जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
सोमबार भक्तपुरमा बसेको पार्टीको आठौ जिल्ला समितिको सातौं बैठकले उक्त निर्णय गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज अखिल सी ले ” देशको बर्तमान समस्या भनेको दलाल संसदीय ब्याबस्था र भूमण्डलीकृत पुजिबाद भएको बताउँदै यसको विकल्प बैज्ञानिक समाजबाद मात्रै हुन सक्ने जिकिर गरेका थिए ।

पार्टीको उपत्यका ब्यूरोले तयार गरेको परिपत्रलाई एकमतका साथ पास गरि भक्तपुर जिल्लाले तयार गरेको दुरगामी महत्वको योजनालाइ आ- आफ्नो फिल्डमा लागू गर्ने दृढ बिश्वास सहित नेकपा भक्तपुरको सातौं बैठक सप्पन्न भएको भक्तपुर जिल्ला समितिले जनाएको छ ।

भक्तपुर जिल्ला इन्चार्ज अखिल सीको प्रमुख आथित्यता रहेको उक्त कार्यक्रमको सन्चालन र सभापतित्व जिल्ला सचीव देव सीको रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।