८ बैशाख २०८१, शनिबार

युवा संगठन नेपालकाे शारदा नगर सम्मेलन सम्पन्न, राेदिन श्रेष्ठ अध्यक्षमा निर्वाचित

0

सल्यान: सल्यानकाे शारदा नगरपालिकामा युवा संगठन नेपालकाे प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । संगठनकाे प्रथम नगर सम्मेलनबाट राेदिन श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। जिल्लाकाे प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजारमा भएको सम्मेलनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएको युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज प्रकाश गिरीले जानकारी दिए ।
सम्मेलनले श्रेष्ठकाे अध्यक्षतामा ११ सदस्यीय नगर समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष निराजन सिंह, सचिव बिमल पाैडेल, सह-सचिव टाेपेन्द्र बाेहरा, काेषाध्यक्ष करण नेपाली रहेका छन् । त्यस्तै सम्मेलनबाट निर्वाचित सदस्यहरु सुरज जिएम, कुमार राजगुरु, विनय बुढाथोकी, सुमन थापा, सुमन सी र सुधन याेगी रहेका छन् ।
युवा संगठनकाे साे प्रथम सम्मेलनमा प्रमुख अतिथिकाे रुपमा नेपाल कम्युनिस्ट पार्टीका उत्तर सल्यान जिल्ला सचिव वीर बहादुर सी, युवा संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा सल्यान इन्चार्ज प्रकाश गिरी, जिल्ला पार्टीका सचिवालय सदस्यद्वय टाेप बहादुर सी र प्रेम सी लगायतका नेताहरु अतिथि रहेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।