७ बैशाख २०८१, शुक्रबार

नेकपा डि थ्रीले जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी काठमाडौ डी ३ले दुई महिने जनसंगठन सुदृढ तथा विस्तार अभियान सञ्चालन गर्ने भएको छ।काठमाडौको कलङ्कीमा शुक्रबार एक कार्यक्रमका बिच अभियान उद्घाटन गरि अभियान प्रारम्भ गरिएको नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज भृकुटीले बताएकी छन।

जनआधारित पार्टी निर्माण गरौं – महङ्गी, भ्रष्टाचारी, मिटरब्याजी र बित्तीय ज्यादतीका विरुद्ध संघर्ष गरौं ,भन्ने मुख्य नारासहित प्रारम्भ गरिएको अभियानको नेकपा नेता माइला सीले औपचारिक उद्घाटन गरेका छन।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै नेता माइला सीले नेकपाको पहिलो आवधिक योजनाको लक्ष्य ,योजनको कार्यान्वयनमा ध्यान दिनुपर्ने मुख्य बिषय र जनआधारित पार्टी निर्माणको महत्त्वबारे प्रशिक्षण दिएका थिए भने इन्चार्ज भृकुटीले दुई महिने अभियान अवधीभित्र गरिने कामबारे मन्तव्य राख्दै योजना सम्प्रेषण गरेकी थिइन् ।

जिल्ला सेक्रेटरी दिव्यको अध्यक्षतामा भएको कार्यक्रमको सिदार्थले सञ्चालन गरेका थिए भने अभियानलाई तीन ओटा टोलि बनाएर परिचालन गर्ने निर्णय समेत भएको बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।