१५ बैशाख २०८१, शनिबार

माओवादी केन्द्रले हाम्रो योजना चोर्यो : भरत सी

0

कपिलवस्तु: नेकपाका स्थायी समिति सदस्य तथा केन्द्रीय स्कुल तथा अनुसन्धान विभागका इन्चार्ज भरत सीले नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टीको विचार चोरेको आरोप लगाएका छन् । पार्टीको केन्द्रीय राजनीतिक तथा वैचारिक स्कुलिङ कार्यक्रममा प्रशिक्षण मन्तव्य राख्दै उनले आफूहरुको योजना चोरेको आरोप लगाएका हुन् ।

नेकपा माओवादी केन्द्रले विचारको महत्व बल्ल बुझेको व्यङ्ग्यात्मक टिप्पणी गर्दै योजना चोरेको बताएका हुन् । ‘विचार विहिन भएको माकेले पनि स्कुलिङ गर्यो रे ।’, उनले भने, ‘हामीले यता तयारी गरेपछि उनीहरुले स्कुलिङको नाटक गरे । कस्तो हुन्छ होला उनीहरुको स्कुलिङ ? योजना त अर्काको चोर्छन…।’

आफूहरुले सुरु गरेको नयाँ स्कुल एकीकृत जनक्रान्तिको स्कुल भएको उनको भनाई थियो । यसलाई अर्को अर्थमा विप्लव स्कुल भन्दा पनि फरक नपर्ने उनको जिकिर थियो । ‘पुरानो कम्युनिस्ट आन्दोलनलाई सोच्ने, पढ्ने मात्र गरियो भने सिद्धिने हो । जसले नयाँ विचार दियो, नयाँ आधारमा सुरु गर्यो त्यो टिक्न सक्छ ।’, उद्घाटन सत्रमा प्रशिक्षण मन्तव्य राख्दै भरत सीले भने, ‘नयाँ कम्युनिस्ट स्कुलमा असल कम्युनिस्ट बन्न आफूलाई निरन्तर रुपान्तरण र विकास गर्न पर्यो । नयाँ क्रान्ति पूरा गर्न, अधुरो क्रान्ति पूरा गर्न हामीले नयाँ कोर्षको विकास गरेका छौं । मालेमावादलाई पनि थप विकास गरेका छौँ । एकीकृत जनक्रान्तिको नयाँ स्कुलमा ति कुराहरु पढाई हुन्छन् ।’

आफूहरुले नयाँ विचारमा विकास गरेकाले स्कुलको महत्व भएको भन्दै उनले माकेले गरेको स्कुलिङ प्रशिक्षण भन्दा माथि नहुने बताए ।
स्कुलिङ सकिएपछि हरेक दिन १ घण्टा श्रमदान गर्ने तालिका रहेको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।