२३ बैशाख २०८१, आईतवार

स्वाबासीको घर जग्गा दर्ता लालपुर्जा निकाल्न नेकपाले संघर्ष गर्ने

0

ललितपुर: नेपाल कम्युनिस्ट पार्टी ललितपुरले स्वाबासीको घर जग्गा दर्ता लालपुर्जा निकाल्न संघर्ष गर्ने जनाएको छ । शुक्रबार ललितपुर जिल्लाको जनतासँग हातेमालो अभियान कार्यक्रम अन्तर्गत ललितपुर महानगर वडा नं. २० नागा: टोलमा स्वाबासीहरुको भेलामा नेकपा ललितपुर महानगर समितिले यस्तो बताएको हो ।
भेला कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी विकास सीले स्वाबासीको घर जग्गाको लालपुर्जा निकाल्न नेकपा ललितपुर जिल्ला पार्टीले सङ्गठित गरी संघर्ष गर्ने बताएका हुन् । स्वबासीको हक अधिकार, घर जग्गा धनी पुर्जा प्राप्तिको लागि संघर्ष समिति समेत गठन गरिएको छ ।
महानगर सेक्रेटरी बज्र सीकाे सभाअध्यक्षमा भएको
कार्यक्रमका प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विपिन सी साथै अन्य अतिथिमा नेवा: मुक्ति माेर्चा जिल्ला अध्यक्ष विकेश सी, आर्थिक विभाग प्रमुख भरत सी, मजदुर अध्यक्ष टंक सी, शिक्षा स्वास्थ्य विभाग प्रमुख चन्द्र सी, न्याय विभाग प्रमुख महेश सी, जिल्ला सेक्रेटरी विकास सी, जिल्ला सदस्य तथा महानगर आर्थिक विभागका उत्तम सी रहेका थिए । अन्तिममा कार्यक्रम संचालक अध्क्षय बज्र सी ले  नवगठित समितिलाई शुभकामना तथा बधाई दिँदै समापन गरेका हुन् । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।