![](https://janapatrika.com/wp-content/uploads/2023/03/received_6049556475128400.jpeg)
ललितपुर: जनतासँग नेकपाको हातेमालो अभियानको सिलसिला आज शनिबार मंगलबजारस्थित आदर्श कन्या क्याम्पसमा युवा संगठन नेपाल गठन गरिएको छ । नेकपा ललितपुरद्वारा संचालित अभियानअन्तर्गत ललितपुर महानगर युवा एकाई समिति निर्माण गरिएको हो ।
युवा संगठन नेपाल जिल्ला संयोजक कैलाश सीकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विपिन सी, अन्य अतिथिहरुमा युवा संगठन नेपाल ललितपुर जिल्ला इन्चार्ज महेन्द्र सी, नेवा मुक्ति मोर्चा जिल्ला अधक्ष्य विकेश सी, पार्टी जिल्ला सदस्य लक्ष्मण जंग माली रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला इन्चार्ज विपिन सीले अहिले देशको राजनैतिक घटनामा आधारित संगठनात्मक वैचारिक प्रशिक्षणात्मक मन्तव्य राखेकाे बताइएको छ । युवा दक्ष जनशक्ति देशमै उत्पादन, व्यापार, संघर्ष र क्रान्तिको लागि निरन्तर सङ्गठित भई दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादको स्थापना गर्न प्रतिबद्ध भएर लाग्न आग्रह गरेका छन् ।
साथै युवा संगठनका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज महेन्द्र सी ले युवा संगठन भनेको क्रान्तिकारी पार्टीको मेरुदण्ड भएको बताए । समयले माग गर्दा यो पार्टीको सेना समेत हुन सक्ने बताए । क्रान्तिको सफलतामा युवा संगठन प्रमुख र विशेष भूमिका निभाएको इतिहास रहेको समेत बताए ।
साथै कार्यक्रम संचालक कैलाश सी ले नवनिर्मित युवा संगठनलाई शुभकामना तथा बधाई दिँदै समापन गरेका छन् ।