११ बैशाख २०८१, मंगलवार

नेता आदर्शकी आमा टंका कुमारी ओलीको निधनप्रति नेकपाद्वारा शोकव्यक्त

0

काठमाडौ /नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् नेता आदर्श सी कि ८५ बर्षिय आमा टँकी कुमारी ओलीको आज हुन गएको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीले शोकव्यक्त गरेको छ।नेकपा महासचिव विप्लवद्वारा हस्ताक्षरित एक शोकबक्तब्य जारी गर्दै ओलीको निधनप्रति श्रद्धाञ्जली सहित शोकव्यक्त गरिएको हो।

महासचिव बिप्लवले शनिबार जारि गरेको शोक वक्तव्यमा आमा टङ्की कुमारी ओलीको निधनले पार्टीलाई मर्माहत र दुखि बनाएको भन्दै नेता आदर्श लगाएत उनका परिवारजनमा दुखको यस घडीमा समवेदना समेत प्रकट गरिएको छ भने टङ्की कुमारी ओलीले क्रान्ति र आन्दोलनको क्रममा पुर्याएको योगदानको स्मरण र सम्मान समेत प्रकट गरिएको छ।

महासचिव विप्लवद्वारा जारी शोक वक्तव्यको पुर्णपाठ:

नेपालमा बैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाका लागि संघर्षरत हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य कमरेड आदर्शकी आमा टँकी कुमारी ओलीको ८५ बर्षको उमेरमा ललितपुरको गोदावरीस्थित निवासमा आज निधन हुन गएको छ।आमा टँकी कुमारी ओलीको निधनको खबरले पार्टी , पार्टीका तमाम नेताकार्यकर्ता र हामीलाई दुखित र मर्माहत बनाएको छ।

सर्वप्रथम आदरणीय आमाको निधनप्रति दुख व्यक्त गर्दै उहाँप्रति पार्टी श्रद्धाञ्जली अर्पण गर्दछ। साथै दुखको यस घडीमा कमरेड आदर्श ,भाईहरु खगेन्द्र , बिश्व र गङ्गाराम लगाएत परिवारजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

वि. सं. १९९४-०४-०५ मा रोल्पाको गंगादेव गाउँपालिका वडा न३ मा जन्मिनु भएकी टँकी कुमारी ओलीले जनयुद्ध लगाएत परिबर्तन र मुक्तिका लागि भएका क्रान्ति र आन्दोलनप्रति पुर्याएको योगदानको उच्च सम्मान र स्मरण समेत गर्दछौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।