२४ बैशाख २०८१, सोमबार

एकीकृत जनक्रान्तिको परिक्षण सफल भयो : भरत सी

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले एकीकृत जनाक्रान्तिको परिक्षण सफल भएको बताएका छन् । नेकपाको केन्द्रीय स्कुलिङमा प्रशिक्षण दिदै पार्टीले विकास गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा परिक्षणमा सफल भएको बताएका हुन् ।

नेकपाको केन्द्रीय स्कुल तथा अनुसन्धान विभागले आयोजना गरेको केन्दीय स्कुलिङको दोश्रो दिनको प्रशिक्षणमा पार्टीले एकीकृत जनक्रान्तिलाई विभिन्न आधारणा परिक्षण गरेको र त्यसमा सफल भएको जिकिर गरे । ‘हामीले विकास गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा सहि छ किन छैन भनेर विभिन्न खालका परिक्षणहरु गरेका थियौं । जुन सफल भएका छन् ।’, कार्यदिशा तथा विचार विकासका आधारहरु र परिक्षण शिर्षकमा प्रशिक्षण दिदै उनले राज्यले पार्टीमाथि प्रतिबन्ध लगाउनु, पार्टीसँग तीन बुँदे सहमति गर्नु, चुनावको प्रयोग र खारेज लगायत सबै विषयमा पार्टी सफल भएको छ ।’

‘प्रतिबन्ध लगाउन सरकारसँग् अरु केही कारण थिएन । हाम्रो कार्यदिशा ठिक हुनु र जनतामा लोकप्रिय हुनबाट दलाल संसदीय व्यवस्थाका मतियारहरु अताल्लिएर हामीमाथि प्रतिबन्द लगाएका हुन् । उनीहरुले हामीलाई दुई महिनामा सिध्याउने भनेका थिए । हाम्रो कार्यदिशा ठिक भएका कारण उनीहरुको योजना सफल भएन । हामीसँग तीन बुँदे सहमति गर्न आईपुगे ।’

उनले कार्यदिशा तथा विचारमा नयाँ विकास, कार्यदिशा विचार विकासको आवश्यकता र कारण, कार्यदिशा विकासका आधारहरु र परिक्षण, कार्यदिशा तथा विचार विकासको प्रक्रियाका विषयमा प्रशिक्षण दिएका थिए ।

स्कुलको दोश्रो कक्षामा स्कुल विभाग प्रमुख धुब्र सीले राजनीतिक अर्थसास्त्रको कक्षा लिदै माक्र्सका पालामा पुँजीवाद साम्राज्यवादमा पतन भइनसकेकाले त्यसबारेमा उनले व्याख्या नगरेको बताएका थिए । ‘माक्र्सका बेलामा पुँजीवादसँग लड्नुपर्ने अवस्था थियो । लेनिनका पालामा साम्रज्यवादसँग लड्नु पर्ने थियो । माओका पालामा बल्ल दलाल पुँजीवाद देखापर्यो ।’, नेकपा पोलिट व्युरो सदस्य समेत रहेका उनले भने, ‘माओले दलाल पुँजीवादका विषयमा थोरै संश्लेषण गुर्नभयो । तर त्यो प्रयाप्त थिएन । त्यही भएर हामीले दलाल पुँजीवादका विरुद्ध लड्न सक्ने कार्यदिशा तयार पारेका छौँ । उहाँहरुको पालामा यस्तो खालको समस्या भएको भए यसलाई संश्लेषण गर्नुहुन्थ्यो होला ।’

नयाँ कुराहरुको विकास गर्दा केही क्षति पनि हुने भन्दै उनले पछिल्लो समय पार्टीमा फुट आउनुको मुख्य कारण दर्शन र अर्थशास्त्रमा हामीले गरेको विकास भएको बताए । पछिल्लो विकास भएको अर्थाशास्त्रमा नेता आदर्शमा बाच्ने, कार्यकर्ता उदाहारणिय भएर बाँच्ने र जनता समृद्ध हुने उनको जिकिर थियो ।

त्यस्तै, नेकपा केन्द्रीय सदस्य प्रयास सीले भौतिक विज्ञानका शिद्धान्तहरुको बोरमा प्रष्ट पार्दै भौतिक विज्ञानलाई कम्युनिस्ट आचरण र एकीकृत जनक्रान्तिको कार्यदिशामा कसरी जोडेको छ भन्ने विषयमा केन्द्रीत रहेर प्रशिक्षित गरेका थिए भने अर्को प्रशिक्षक तिर्थ सीले समाज विज्ञानमा प्रयोग भएका शब्दहरुको व्याख्या गरेका थिए ।

स्कुलको अन्तम कक्षामा प्रशिक्षार्थीहरुले नाला सफा गरेर, ब्लक बनाएर, केन्द्रीय कम्युनमा केराका बिरुवाहरु रोपेर श्रम गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।