१४ बैशाख २०८१, शुक्रबार

सहिद खगेन्द्र तथा चुडामणीकी आमाकाे स्मृतिमा वृक्षारोपण

0

काठमाडौं: सहिद खगेन्द्र तथा नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य चुडामणी वली ‘आदर्श सी’की आमा टंकी कुमारी वलीको स्मृतिमा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । सोमबार ललितपुर जिल्ला गोदावरी नगरपालिका १० न्यौपाने गाउँ आफ्नै निवासमा ‘टंकी कुमारी वली स्मृति वृक्षारोपन कार्यक्रम’ सम्पन्न भएको हो ।
वृक्षारोपन कार्यक्रमको आयोजना नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले गरेको थियो । उक्त कार्यक्रमको संचालन केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सीले गरेका थिए ।
कार्यक्रममा संक्षिप्त कुरा राख्दै आदर्श सीले भने,‘आफ्ना छोराछोरीलाई अन्तिम अवस्थामा पनि क्रान्ति गर्न रोक्नु भएन, आमाको क्रान्तिप्रतिको त्यागलाई हामी सबैले सम्मान गर्नुपर्छ ।’ उनले थपे ‘कान्छो भाई खगेन्द्र प्रकाश वली “शिव” २०५८ साल मंसिर २४ गते सल्यान कपुरकोटको रिपिटर टावर आक्रमण गर्दा शहादत भयो, तत्कालिन समयमा पनि हामीले घर परिवारको सहमतिमा परम्परागत काजक्रियालाई तोडेर माओवादी पार्टीले अंगालेको प्रगतिशील तरिकाले नै शोकसभा कार्यक्रम गरेका थियौँ, आज आमाको मृत्युपछि पनि नेकपाले सिर्जना गरेको सी जातिको नयाँ संस्कार  अनुसार आमाको ५ दिने कार्यक्रम गरिरहेका छौँ । आज वृक्षारोपन गरेऊ, भोलि अक्षयकोष स्थापना गर्नेछौँ र अन्तिम दिन शोकसभा कार्यक्रम हुनेछ ।’
वृक्षारोपन कार्यक्रममा नेकपाका पोलिटब्युरो सदस्य आस्था सी, आधार सी, बन्धु सी, आजाद सी, केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज अखिल सी, भक्तपुर जिल्ला सदस्य ध्रुब सी, नेकपाका ललितपुर जिल्ला सेक्रेटरी विकास सी, नेवा मुक्तिमोर्चाका ललितपुर जिल्ला संयोजक विकेश सी, ललितपुरको महालक्ष्मी नगर सेक्रेटरी अमित सी लगायत नेता तथा कार्यकर्ता र स्थानियको सहभागिता रहेको थियो ।
श्रीमान खल बहादुर वलीको नेतृत्वमा छोराहरु आदर्श सी, विश्व सी,अमृत सी, हिक्मत सीले जडिबुटी वृक्षारोपण गरेका थिए । छोरी बुहारीहरूको तर्फबाट जेठी बुहारी आशा, कुशुम, रेखाको उपस्थितिमा फुलको बिरुवा रोपिएको थियो भने नाती नातिनिहरूकाे समेत उपस्थिति रहेको थियो ।  
सी जातिको संस्कृति अनुसार नै दोस्रो दिनको कार्यक्रम अन्तर्गत साेमबार फलफुल र जडिबुटी लगाएतका वृक्षारोपन गरिएको हो ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।