१३ बैशाख २०८१, बिहीबार

मिटर ब्याज पीडितहरुसङ्ग बार्ता गर्न ४ सदस्यीय बार्ता टोलि गठन

0

काठमाडौँ — सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।

टोलीमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी सदस्य छन् ।

मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि सरकारले आवश्यक कानुनी व्यवस्था गर्ने विधेयकबारे मंगलबार मन्त्रिपरिषद्ममा छलफलका लागि लैजाने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बर्दिबासदेखि ११ दिनको पैदल यात्रापछि आइतबार बिहान काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले सोमबार दिनभर नाराबाजी गरेका थिए । सोमबार राति खुलामञ्चमा बास बस्न चाहेका उनीहरुलाई महानगरपालिकाले रोक लगाएको थियो ।

मिटर ब्याजपीडितहरुले कष्टपूर्ण संघर्षसहितको आन्दोलन थालेपछि सरकारले उनीहरूको समस्या समाधानका लागि पहल थालेको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।