३ आश्विन २०८१, बिहीबार

नेकपाको आकस्मिक बैठक सम्पन्न, राहत र उद्धारमा लाग्न विप्लवको निर्देशन

0

काठमाडौं: शुक्रबार राति गएको भुकम्पबाट पिडित जनताहरुको उद्धार र राहतका लागि नेकपाको आकस्मिक बैठक शनिबार बिहान ८ बजे केन्द्रीय कार्यलय बुद्धनगरमा बसेको छ । नेकपाका महासचिव विप्लवको अध्यक्षतामा बसेको बैठकले राहत र उद्धारमा खट्न सम्पुर्ण पार्टी पंक्तिलाई निर्देशन जारी गरेको छ । बैठकले पार्टी केन्द्रीय सदस्य संगम सीलाई जाजरकोट र सवीन सीलाई रुकुम पठाईसकेको छ ।
दुई टोली सहितका स्थानीय नेता कार्यकर्ता रातिदेखि नै उद्वारमा खटिएको छ । महासचिव विप्लव आइतबार राहत सामग्री सहित भुकम्प प्रभावित क्षेत्रमा जाने निर्णय भएको छ । नेकपाको केन्द्रीय उत्पादनबाट २५ क्विन्टल चामल र रु. १ लाख रुपैयाँ राहत कोषमा उपलब्ध गराउने निर्णय भएको छ ।
शनिबार र आइतबार काठमाडौँ उपत्यकामा राहत संकलन गर्ने निर्णय भएको छ । बैठकले कोशी, बागमती, गण्डकी तथा लुम्बिनी बाहेकका अन्य क्षेत्रमा पार्टीका सम्पुर्ण कार्यक्रममा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
आजै डाक्टर प्रकाश चन्द नेतृत्वको टोलीलाई भुकम्प प्रभावित क्षेत्रमा पठाउने निर्णय भएको छ । बैठकले राहत र उद्वारका बारेमा जानकारी दिन आज दिउँसो २ बजे पार्टी कार्यलय बुद्धनगरमा पत्रकार सम्मेलनको आयोजना गरिएको प्रकाशन तथा सुचना सञ्चार विभाग इन्चार्ज तथा स्थायी समिति सदस्य अनिल सीले बताए ।
भुकम्पबाट अहिलेसम्म झण्डै १२९ जनाको मृत्युु भईसकेको छ भने २ सयको हाराहारीमा घाइते भएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।