१५ मंसिर २०८१, शनिबार

थबाङबाट विप्लवको उद्घोष-‘समाजवादका लागि अघि बढ्न सबै कम्युनिस्टहरु एकजुट बनौं’

0

थबाङ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले समाजवादका लागि सबै कम्युनिस्ट एकजुट हुनुपर्ने बताएका छन् । शुक्रबार रोल्पाको थवाङमा आयोजित १० औं पार्टी पूनर्गठन तथा जनमुक्ति सेना दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले विगतका गल्तीहरु सच्चाएर सबै कम्युनिस्टहरु एक ठाउँमा आउनुपर्ने बताएका हुन । विप्लवले कम्युनिस्ट मात्रै होइन,यो देशलाई माया गर्ने लोकतान्त्रिक शक्तिहरु पनि समाजवादमा जान अगाडि बढ्नुपर्ने बताएका छन् ।

एक अर्को प्रसंगमा विप्लवले हिजो जनतालाई मुक्ति र न्यायका लागि जनयुद्ध एवम् कम्युनिस्ट व्यवस्था ठिक भन्दै युद्धमा बन्दुक बोकाउने बाबुराम भट्टराईले शान्ति प्रक्रियामा आई प्रधानमन्त्री भएपछि जनयुद्ध र कम्युनिस्ट प्रणालीनै गलत भएको टिप्पणी गर्नु अराजनीतिक भएको टिप्पणी समेत गरेका छन् ।
विप्लवले प्रचण्ड बाबुरामको गद्वारीले ८० प्रतिशत जितेको जनसत्ता गुमेको आर‍ोप समेत लगाए । हिजो जनयुद्धमा जनताले हामीलाई के भनेर साथ दिएका थिए । आज जनतालाई आगनमा अलपत्र पारेर कुर्सीका मरिहत्ते मात्रै गर्ने माओवादी क्रान्तिकारी हुन नसक्ने ठोकुवा गरे । एक प्रसंगमा विप्लवले राजतन्त्र सहितका कतिपय षड्यन्त्रकारी शक्तिहरुले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने चेतावनी समेत दिएका छन् ।

महासचिव विप्लवले चुनबाङ् बैठकको मर्म प्रचण्ड बाबुराम लगायतका नेताहरूले नबुझेको समेत बताए । विप्लवले भने चुनबाङ बैठक पछि काठमाडौ उत्रेका हौं । तर परिस्थिति उल्टो बन्यो । कतिपय नेताहरू धन कमाउने र सम्पत्ति जोड्ने होडमा लागे जनतालाई घात गरियो । विप्लवले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेका उद्घोष गरे ।
विप्लवले जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौंमा पनि स्थापित गर्ने उदेश्य सहित अगाडि बढ्दा कतिपय नेताहरूको बदमासीले जनयुद्धको उपलब्धी गुमेको तर्क समेत गरे ।
सच्चा एवम् ईमानदार माओवादीहरुले जनता,सहिद र घाइते बिर्सनु हुदैन भन्ने हाम्रो जोड थियोे तर कतिपयले प्रधानमन्त्री,मन्त्री,सांसद बनेर सम्पत्ति थुपारेपछी जनता भुलेको दाबी गरे ।


विप्लवले भने- हामी ज्युदैं छौं भन्न रोल्पा आएका हौँ ।हिजो जनयुद्ध लडेको माओवादी क्रान्तिकारी सकियो भन्ने कतिपयलाई लागेको होला,त्यो भ्रम हो,माओवादी सकिएको छैन्-विप्लवले भने- माओवादी जनयुद्धलाई जबर्जस्त अपराधीकरण गराउने र नेताहरूलाई जेल कोच्ने षड्यन्त्र भईरहेको भन्दै विप्लवले ती तानाबाना एक धक्कामा भत्काउने चेतावनी समेत दिएका छन् । केही माओवादी नेताहरू बदनाम भए होलान् ,गलत गरे होलान्,यहाँ २/४ जना नेताहरूको कमजोरीलाई देखाएर सबै माओवादी गलत हुन,धन कमाउन लागे भनेर बदनाम गर्न खोजिएको छ । यस्तै होइन हामी ईमानदारी पुर्वक जनताका विचमा छौँ विप्लव भने- ।

विप्लवले पछिल्लो समय देशमा केही अवसरवादी लुटेराहरु सल्बलाएका बताएका छन् । पुराना भुत प्रेत जाग्नु एकैछिनको नाटक हो । यो प्रतिगामी षड्यन्त्र धेरै दिन नटिक्ने भन्दै यसको जमेर प्रतिबाद गर्ने उद्घोष गरे । थबाङका जनताका अगाडि आएर भन्दैछु जनयुद्धको रक्षा गर्ने पार्टी ज्यूदैछ् छ । जनयुद्धका मुल्य,मान्यता र मर्म दायाँबायाँ हुन नदिने समेत दाबी गरे । विप्लवले यसो भनिरहदा थबाङबासीले गडगडाहट् ताली बजाएर समर्थन जनाईरहेका थिए । विप्लवले अनावश्यक षड्यन्त्रका सपना नदेखे हुन्छ भन्दै मन्त्री र सांसद पदका लागि मात्रै पार्टी एकता नहुने समेत बताएका छन् ।

हिजो जनयुद्ध लडेका क्रान्तिकारी हरु नुन खाएको कुखुरा जस्तो झोक्राएको भन्दै विप्लवले बाच्नु मात्रै होइन सामाजिक अस्तित्व सहित बाच्न सक्नु मात्रै जीवन भएको टिप्पणी गरे ।
विप्लवले नेपाली जनतालाई हामीले चिनेका छौँ ,नेपालको ढुङ्गा माटो हामीले बुझेका छौँ, यहाँ कतिपयले विदेशी डलरका पछि लागेर कम्युनिस्ट क्रान्तिकारी माओवादीलाई बदनाम गर्न खोजेको भन्दै यस्तो चलखेल स्विकार्न नसकिने बताए । हामीलाई तमाम जनताको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी चाहिएको छ । एकैछिन युट्वर र फेशबुकमा हल्ला गरेर लोकप्रियताको नाममा भित्रिएको विदेशी षड्यन्त्र टुलुटुलु हेरेर नबस्ने दाबी समेत गरे ।


विप्लवले जनयुद्धलाई स्मरण गर्दै भने हामीले खारालाई बिर्सन हुदैन,बेनीलाई बिसर्नु हुदैन । हिजो जनयुद्धमा त्याग र बलिदान गरेका दिदिबहिनी र दाजुभाइहरु, किसानहरुलाई बिर्सन हुदैन । श्रमिक मजदुरलाई बिर्सन हुदैन । हिजो अफ्ट्यारोमा नेताहरूलाई बचाउने जनतााई भुलेर काठमाडौंमा मोजमस्ती गरेर धन-दौलत जोड्ने काममा क्रान्तिकारीहरु लाग्न हुदैन । विप्लवले हिजो जनयुद्धमा आफ्नो घरको निजी सम्पत्ति पार्टीमा बुझाएर माओवादीमा लाग्ने जनतालाई भुलेर सम्पत्तिको पछि दगुरेर आफ्नो आदर्श दुषित पार्न नहुने बताए । आफ्ना छोराछोरीलाई टिका लगाएर जनयुद्धमा पठाउने जनतालाई धोका दिन नसकिने प्रतिबद्धता दोहोर्‍याएका छन् ।
विप्लवले कतिपय माओवादी नेताहरू काङ्ग्रेस एमाले भन्दा पनि तल झरेर जनता बिर्सेको आरोप समेत लगाए ।
विप्लवले पार्टी विभाजनको प्रसंग जोड्दै भने प्रचण्ड बाबुरामलाई हामीले जनयुद्धमा जनता संग गरेको बाचा र प्रतिबद्धताको मर्म अनुसार हिड्न अनुरोध गर्दा नहिडेपछी पार्टी नयाँ बनाएको बताए ।
हामीले प्रचण्ड बाबुरामलाई भनेका थियौ-हामी गलत बाटो हिड्दा दलालहरुले जित्छन् ,भारतले जित्छ् । अमेरिकाले जित्छ । तसर्थ देश र जनताले जित्ने तथा जिताउने ढंगबाट लागौं भन्दा नमानेपछि हालको परिस्थिति आएको विप्लवको ठोकुवा थियोे ।महासचिव विप्लवले भने- दुखका साथ भन्नुपर्छ,जनताको चाहना पार्टी नफुटोस् भन्ने थियोे । तर प्रचण्ड बाबुरामको बाटोले नराम्रो संग हार्नुपर्छ भन्ने बुझेपछि नयाँ पार्टी बनाएर यहाँ सम्म आयौं उनलेे भने- ।
विप्लवले नेपाली जनतालाई धोका र गद्दारी हुने काम नगर्ने बताउदै पार्टी स्थापना दिवसको अवसरमा
विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेकोमा खुसियाली समेत व्यक्त गरे ।
हिजो एउटा कालखण्डमा काङ्ग्रेस एमालेले पनि दुख गरे,माओवादी नेता साथीहरूले पनि दुख गरे तर दुख गरेका हौँ भनेर ब्याज खान पाईदैन्,विप्लव भने-।
विप्लवले पार्टी स्थापना दिवसको अवसरमा देशभर उत्सव र सभा एवम् खुसियाली चलिरहेको भन्दै यसलाई अझै प्रभावकारी बनाउदै लैजाने बताए ।
०३८ साललाई सम्झिदै विप्लवले थबाङ जेलनेल खेप्दै आएको छ । हिजोको पाका कम्युनिस्ट नेताहरूलाई स्मरण र सम्मान गर्दै कम्युनिस्टहरुको दिवस मनाउँदै जाने समेत बताए ।
विप्लवले भने हाम्रो पार्टीको मात्रै होइन नौलो जनवादी व्यवस्था चाहानेहरु यो उत्सवमा खुसी हुन पर्छ । विप्लवले पछिल्लो समय नेपाली जनतामा निराशा आएको भन्दै निराशाका बादल विस्तारै हट्दै जाने बताए । निराशा छाएको छ, सधैं यस्तो हुदैन उनलेे भने । नेपाल श्रमिक जनताहरुको हो, दलालहरुको होइन,प्रगतिशील जनपक्षीय शक्तिहरुको हो, प्रतिगामी र षड्यन्त्रकारीहरुको होइन भन्दै नेपालमा राजतन्त्र फर्किन्छ् भन्नू हास्यास्पद भएको बताए । दुर्गा प्रसाईंको आन्दोलनलाई संकेत गर्दै विप्लवले नौटंकी र चटक भएको बताए ।
विप्लवले ०६४ सालको प्रसंग उल्लेख गर्दै भने हामीले सबै माओवादी नेताहरू सरकारमा नजाउ, संसदमा नजाउ भनेका थियौ तर केही अवसरबादीहरु सत्ताका लागि मरिहत्ते गर्दै दगुरेको बताए । एउटा क्रान्तिकारी योद्धाका लागि जहा रहेपनि जनताको सेवा रहेको भन्दै विप्लवले आफूले निरन्तर पार्टी सत्ता मार्फत देश जनताको सेवा गरेको बताए ।
विप्लवले पार्टी सत्ता एवम् राज्य सत्ता मोजमस्ती र धन कमाउने ठाउँ नभएको दाबी समेत गरे । हिजो जनयुद्धमा तत्कालीन शाही सेनाले खाल्डो खनेर पुर्न लाग्दा समेत गौरवका साथ जनयुद्ध जिन्दावाद भन्ने योद्धालाई कसले सम्झने हो ?
जनताको त्याग तथा तपस्यालाई सम्झिन नसक्नेहरुले जनताको नेतृत्व गर्न नसक्ने भन्दै जनताको आगनमा ढेडो खाने माओवादी नेताहरू मोजमस्ती र धन सम्पत्ति कमाउने काममा तल्लीन भएकोले जनयुद्ध प्रति गलत टिप्पणी भएको जिकिर गरे । ज्ञानेन्द्र शाही र दुर्गा प्रसाईं लाई लछित गर्दै विप्लवले राजतन्त्र फर्काउछु भन्ने दिवा सपना नदेख्न साथै सामान्तका चाटुकारहरुलाई राजतन्त्र बोकेर नहिड्न चेतावनी समेत दिएका छन् ।
रवी लामिछाने प्रति संकेत गर्दै विप्लवले थबाङ सम्म आएर जनताको मन छाम्ने कोशिश गरेका दलालहरुलाई नेपाली जनताको जीवन बारे केही थाहा नभएको टिप्पणी गरे ।

विप्लवले संसदीय व्यवस्था अब नेपालमा चल्नै नसक्ने भन्दै प्रचण्डहरुले आफ्नो गल्ती स्विकार्नु पर्ने बताए । विप्लवले भने संसदीय व्यवस्था भित्र तथा दलालहरुको व्यवस्था भित्र मन्त्री सांसद नबन्ने भन्दै नेपालमा कम्युनिस्टहरु मिल्ने बेला भएको बताए । केपी वली,मोहनविक्रमहरु साथै काङ्ग्रेसले प्रजातान्त्रिक समाजवाद चाहेको हो भने आउनुस् नयाँ ढंगले बहस सुरु गरौँ,विप्लवले भने ।
रोल्पा सहिद मार्गको योजना हाम्रो हो । जनयुद्धमा देशभरका कमरेडहरुले खनेर बनाउन सुरु गरेको बाटो हो,अहिले सरकारको बजेट हालेर केही मान्छे मोटाउने मात्रै भएको छ काम सम्पन्न भएको छैन् ।
जनयुद्ध भईरहेको भएपनि ०६५ सालसम्म सडक जोडेर व्यवस्थित हुन्थ्यो अहिले अलपत्र पारिएको छ-विप्लवको भनाइ थियोे ।


विप्लवले जनयुद्धमा आधार क्षेत्रमा बिस्कुट चाउचाउ आउन बन्द भएको बताउदै नमकिन,भटमास मकैको नास्ता स्थापित भएको बताए । जनयुद्धमा २३ वटा जनवादी स्कुल चलाएका थियौं,सहकारी चलाएका थियौ । कम्युन,सहकारी,मिलीसिया एक चुड्कीमा बिघटन गरेर षड्यन्त्र गरिएको विप्लवको आरोप थियोे । विप्लवले जनमुक्ति सेनाको अर्बौंको पैसा जनतालाई बाढ्नु पर्ने समेत बताए ।
फरक प्रसंगमा विप्लवले मध्यपहाडी राजमार्ग थबाङबाट लैजानुपर्छ भनेर भन्दा अटेरी गरेर थबाङलाई बाईपास गरिएको समेत बताए । मध्यपहाडी राजमार्ग खनेको गैटीबेल्चा बेचेर खानेहरु जनताका प्रतिनिधि हुन नसक्ने बताए ।
विप्लवले भने जुनसुकै मुल्य गुमाएर भएपनि नेपाललाई डुब्न नदिने भन्दै जनमतसंग्रह गरेर भएपनि देशलाई दलाल पुजीवादबाट समाजवादमा लैजाने अठोट व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।