लेखकः अभिनव सिन्हा
उपरोक्त आन्दोलनहरूको सीमा यस कुरामा निहित छ कि केवल पुँजीवाद– विरोधसम्म सीमित राखेर कुनै व्यवस्थागत परिवर्तन गर्न सकिंदैन । धेरैभन्दा धेरै शासन परिवर्तन मात्र हुन सक्दछ, जस्तो कि मिश्र तथा ट्यूनिसियामा भयो । गत केही वर्षहरूमा जुन स्वतःस्फूर्त आन्दोलन भएका छन्, तिनको राजनीतिले पुँजीवाद विरोधभन्दा अगाडि गएर कुनै व्यवहारिक–वैज्ञानिक विकल्प दिन सकेनन् । उनीहरूसँग कुनै सकरात्मक प्रस्ताव थिएन । साथै ती आन्दोलनहरूमा कुनै सङ्गठित राजनीतिक नेतृत्व पनि थिएन । न त क्रान्तिकारी विचारधारा नै थियो न त क्रान्तिकारी सङ्गठन नै थियो ।
त्यस्तो अवस्थामा आन्दोलनहरूका आफ्ना आमूल परिवर्तनका अग्रगामी पाइला हुँदा हुँदै पनि असफलतामा नै समाप्त हुनु थियो, यद्यपि अहिले पनि मिश्र र दक्षिण युरोपजस्ता देशहरूमा आन्दोलन जारी छन् । तिनीहरूको नियति पनि त्यही नै हुनेछ यदि त्यहाँ क्रान्तिकारी विचारधाराद्वारा लैस कुनै क्रान्तिकारी सङ्गठन स्थापना हुनेछैन । यस्तो अवस्थामा एउटा विशिष्ट अवस्था उत्पन्न भएको छ । एकातर्फ विश्व पुँजीवाद समाधान नै हुन् नसक्ने सङ्कटको अभूतपूर्व समयबाट अगाडि बढिरहेको छ र यदि यस सङ्कटलाई अन्तकारी भन्यौँ भने त्यो अतिशयोक्ति हुनेछैन किनभने शुद्ध आर्थिक तर्कबाटै यस कुरालाई सिद्ध गर्न सकिन्छ कि विश्व पुँजीवादले अब भविष्यमा कुनै वास्तविक आर्थिक विकासको तीब्रताको समय देख्नेवाला छैन । परन्तु अर्कोतर्फ तमाम पुँजीवाद विरोधी आन्दोलनहरू हुँदा हुँदै पनि क्राान्तिकारी विचारधाराबाट लैस कुनै राजनीतिक नेतृत्व तथा सङ्गठन अहिले देखिइरहेको छैन । जसले एउटा व्यवहारिक विकल्प मात्र प्रस्तुत गर्न मात्र होइन कि बरू जनताका छरिएका सङ्घर्षहरूलाई सङ्गठित गरेर त्यस विकल्पलाई व्यवहारिक रूप दिनका निम्ति अगाडि बढ्न सकोस् । यसै कारणले आज बीसौं शताब्दीको समाजवादी प्रयोगहरूलाई नयाँ शिराबाट पुनर्मूल्याङ्कन गरेर त्यसका सकारात्मकताहरू र नकरात्मकताहरूको एउटा सन्तुलित बुझाई आज नयाँ क्रान्तिकारी नेतृत्व र सङ्गठनलाई खडा गर्नका निम्ति अनिवार्य र अपरिहार्य हुनगएको छ । ती प्रयोगहरूलाई आलोचनात्मक तरिकाबाट हेर्ने र त्यसको अन्धपूजनबाट र साथै तिनको सही आलोचनात्मक विवेचनाविना तिनलाई खारेज गरिदिने अनैतिहासिक प्रवृत्ति, दुवै आजको समयमा भावी क्रान्तिकारी परियोजनाको निम्ति अनुत्पादक तथा हानीकारक छन् । साथै यिनै प्रयोगहरूलाई पहिले गरिएका आलोचनात्मक विवेचनाहरूका सकरात्मक र नकरात्मकलाई बुझ्नु पनि आवश्यक छ ।
सोभियत समाजवादका सैद्धान्तिक र ऐतिहासिक समकालीनता (Contemporaneity)लाई नबुझिकन नयाँ शताब्दीको समाजवादी परियोजनाहरूको निर्माण गर्न सकिंदैन । सोभियत समाजवादका प्रयोगहरूको पुनर्मूल्याङ्कनको आवश्यकता यस कारणले पनि छ कि कम्युनिस्ट आन्दोलनभित्र र बाहिर त्यस्ता प्रवृत्तिहरू विद्यमान छन् जसले त्यसको इतिहासलाई गैरसर्वहारा विकृतिकरण गरिरहेका छन् । त्यसको असरले हिम्मतहारा, कठमुल्लावाद र स्वतन्त्र चिन्तनवादको शिकार कम्युनिस्ट क्रान्तिकारीहरूमाथि पनि गहिरो प्रभाव परिरहेको छ ।
कम्युनिस्ट क्रान्तिकारी शक्तिका बिचमा आज क्रान्तिको कार्यक्रम, मजदुर मोर्चामा काम गर्ने तरिका र सर्वहारा क्रान्तिको रणनीति तथा आम रणकौशललाई लिएर पनि कठमुल्लावाद र मुक्त चिन्तनवादको असर छ । जसका कारण अधिकांश स्थानहरूमा या त तिनीहरू निराशावादको शिकार छन्, या त झूटो आशावादको शिकार छन् । यद्यपि विचारधारा र कार्यक्रमको प्रश्नमा जुन विभ्रमको आज कम्युनिस्ट आन्दोलन शिकार भएको छ, त्यसलाई हटाउने एउटा प्रमुख मुद्दा बीशौं शताब्दीको समाजवादी प्रयोगहरूको पुनर्मूल्याङ्कनको पनि हो । ती प्रयोगहरूमा पनि सोभियत समाजवादको मुद्दा आज ठूलो विवादको विषय बन्न गएको छ । त्यसको एउटा कारण यो हो कि सोभियत समाजवादको सम्पूर्ण प्रक्रियामा अर्थात १९१७देखि १९५३सम्म जुन प्रयोगहरू भए, ती गम्भिर विचारधारात्मक बहसहरूका बिचमा भए । माक्र्स र एङ्गेल्सको समयमा समाजवादी अर्थव्यवस्था र राज्यका बारेमा केही आम राजनीतिक प्रस्थापनाहरू प्रस्तुत गरिएको थियो, परन्तु ठोस रूपमा एउटा समाजवादी अर्थव्यवस्थाले कुन रूपमा काम गर्नेछ, सर्वहारा अधिनायकत्वले कुन रूपमा काम गर्नेछ, त्यसको ढाँचा कस्तो हुनेछ, त्यस अन्तरगत पार्टी र राज्यका भूमिका कस्ता हुनेछन् र तिनका अन्तरसम्बन्ध कस्ता हुनेछन्, पार्टी र त्यसका बिचमा कस्ता सम्बन्ध हुनेछन्, यी प्रश्नहरूमा कुनै ठोस कार्यक्रम प्रस्तुत गरिएको थिएन । न त त्यस्तो गर्न नै सकिन्थ्यो । माक्र्स र एङ्गेल्स हावामा किल्ला बनाउने कुराका विरोधी थिए । उनीहरूले भावी समाजवादी व्यवस्थाका तमाम पक्षहरूका ठोस प्रश्नहरूलाई भविष्यका प्रस्ताव मानेका थिए । त्यस समयमा एउटा आम दिशा र आधारभूत सिद्धान्तहरूलाई मात्र सूत्रवद्ध गर्न सकिन्थ्यो । यो कार्य सर्वप्रथम, समाजवादी राज्यको नेतृत्व गर्ने पार्टी र त्यसको नेतृत्वको थियो कि ती प्रस्तावहरूलाई अगाडि बढाएर आम दिशा र आधारभूत सिद्धान्तहरूको आधारमा समाज, अर्थव्यवस्था र संस्कृतिलाई समाजवादी रूपान्तरण कसरी गर्ने र त्यसमा पार्टीको कस्तो भूमिका हुने ? त्यसकारण सोभियत समाजवादी प्रयोगको इतिहासको आलोचनात्मक अध्ययन वास्तवमा वर्ग, राज्य, पार्टी, ट्रेड युनियन र ती सबैका आपसि सम्बन्धहरूको सही माक्र्सवादी अवस्थितिको निरूपणसँग जोडिएका छन् । अक्टूबर क्रान्तिपश्चात् सोभियत संघमा पहिलो पल्ट एउटा सर्वहारा सत्ताको निर्माणले उपरोक्त बहसहरूलाई शुद्ध सिद्धान्त र प्रारम्भिक वर्ग सङ्घर्षको राज्यबाट निकालेर समकालीन इतिहास र राजनीतिको राज्यमा पु¥याइदियो साथै भावी सैद्धान्तिक विकासको पनि बाटो खोलिदियो । बोल्सेभिक पार्टीले ती प्रश्नहरूलाई सैद्धान्तिक र व्यवहारिक रूपबाट कसरी समाधान ग¥यो, यो केवल सोभियत समाजवादको मूल्याङ्कनका निम्ति मात्र होइन बरु माक््र्सवाद–लेनिनवादका निम्ति सर्वकालीक, ऐतिहासिक, सैद्धान्तिक र राजनीतिक महत्व राख्दछ ।
दोस्रो कुरा यो हो कि सोभियत समाजवादका प्रयोगहरूको मूल्याङ्कन पार्टी, राज्य र वर्गको माक्र्सवादी सिद्धान्तमा जुन विकास गराउँदछ, त्यो केवल क्रान्ति पश्चातको समाजवादी संक्रमणका समस्याहरूको समाधानका निम्ति मात्र महत्व राख्दैन, बरु पछिल्लो दिनबाट नै सर्वहारा वर्गलाई सङ्गठित गर्ने त्यस सङ्गठनका स्वरूप, त्यसमा पार्टीको भूमिका, ट्रेडयुनियनको भूमिका, वर्ग, पार्टी र ट्रेडयुनियन बिचका आपसि सम्बन्धहरूका प्रश्नहरूका निम्ति पनि महत्व राख्दछ । मजदुर वर्ग, त्यसको विचारधारा र आन्दोलन तथा सङ्गठनका बारेमा सही दृष्टिकोण प्रथम गन्तव्यबाट नै आवश्यक हुन्छ । त्यसकारण सोवियत समाजवादको आलोचनात्मक पुनर्मूल्याङ्कन केवल एउटा सैद्धान्तिक, वैचारिक कसरत मात्र होइन । सोभियत समाजवादको इतिहासले जुन प्रश्न खडा गर्दछ, ती क्रान्तिकारी माक्र्सवादका अन्तरवस्तुका प्रश्नहरू हुन् र तिनको एउटा सही बुझाई केवल समाजवादी निर्माणका निम्ति मात्र होइन बरु समाजवादी क्रान्तिका निम्ति मजदुर वर्गको आन्दोलनलाई एउटा सही नेतृत्व दिन सक्ने प्रश्नसँग पनि जोडिएको छ । जस्तो कि हामीले चर्चा गरिसकेका छौं कि एउटा तात्कालीक कारण यो छ कि गत दुई दशकहरूमा सोभियत समाजवादी प्रयोगको इतिहासको पुनर्लेखनका केही महत्वपूर्ण माक्र्सवादी प्रयास कम्युनिस्ट आन्दोलनभित्र र बाहिर पनि भएका छन् । ती नयाँ आलोचनाहरूमा अधिकांश अलग–अलग समयमा कम्युनिस्ट आन्दोलनमा उत्पन्न भएका ‘वामपन्थी’ झुकाव अराजकतावादी–संघाधिपत्यवादी भट्कावहरू, दक्षिणपन्थी अवसरवाद, गैरपार्टी क्रान्तिवाद काउन्सिल कम्युनिज्म, १९६०को दशकमा मजदुर आन्दोलनमा पैदा भएका विजातीय प्रवृत्तिहरू जस्तै मारियो ट्रॉण्टीको मजदुरवाद (Operaismc) लाक्लाऊ तथा माऊफको नववामपन्थ, बैज्यू, जिजेक तेथी र हार्ट जस्ता उद्देश्यहीन सट्टेबाज, उत्तर– माक््र्सवादी वामपन्थी चिन्तकहरूका चिन्तन र यहाँसम्म कि इतिहासको कूड़ादानमा गइसकेका उत्तर–आधुनिक विचार मार्गका अनर्गल प्रलापहरूका वैविध्यपूर्ण मिश्रण हुन् । चाहे त्यो ‘माक्र्सीस्ट इन्टलेक्सन’ जस्ता राजनीतिक नवधनाड्यहरूका अराजकतावादी–संघाधिपत्यवादी चिन्तन होस् या रणधीर सिंह जस्ता स्थापित बुद्धिजीवीहरूको सोभियत समाजवादको विषयमा नयाँ–नौला खोजहरू हुन्, तिनलाई त्यसै प्रकारका दरिद्र चिन्तनका श्रेणीमा राख्न सकिन्छ । यी त केवल दुईवटा उदाहरण मात्र हुन् । यस्तै एउटा सम्पूर्ण झुकाव आज कम्युनिस्ट आन्दोलनमा विद्यमान छन् जुन कि त्यस्तै प्रकारका गैरलेनिनवादी चिन्तका शिकार भएका छन् ।
महत्वपूर्ण कुरा यो छ कि लेनिनका कुनै विचारमाथि खण्डन गर्न कुनै वौद्धिक प्रतिवन्ध छैन । परन्तु विज्ञानको माग हुने गर्दछ कि तपाईले कुनै पनि त्यस्तो आलोचना या खण्डनको पछाडि कुनै तर्क प्रस्तुत गर्नुहुन्छ । ती समग्र सैद्धान्तिकीकरणहरूका तर्कहरूमा जहाँ कहीं पनि केही भनिएको छ भने ती हास्यास्पद र अज्ञानतालाई प्रदर्शित गर्दछन् तथा जुन केही पुराना छन् तिनको उत्तर लेनिन, स्तालिन र माओले दिइसकेका छन् । परन्तु यति हुँदा हुँदै पनि कम्युनिस्ट आन्दोलनको आफ्नै दरिद्रताका कारण टाट उल्टिएका आलोचनाहरूको पनि आन्दोलनमा केही असर छ । त्यसकारण पनि हामीले सोभियत समाजवादी प्रयोगहरूको नयाँ सिराबाट आलोचनात्मक पूनर्मूल्यांकनको आवश्यकतालाई तीब्रताका साथ महसुस गरेका छौं । यसको सुरुवात हामीले सोभियत समाजवादी प्रयोगहरूको एउटा अत्यन्त संक्षिप्त ऐतिहासिक विवरणका साथ गर्नेछौं ता कि अगाडिका विश्लेषणात्मक भाग बोधगभ्य हुन सकुन् ।
सोभियत समाजवादी प्रयोगहरूलाई हाम्रो विचारमा अध्ययनका निम्ति केही विशेष चरणहरूमा विभाजन गर्न सकिन्छ । पहिलो चरण अक्टूबर १९१७मा समाजवादी क्रान्तिका साथ सोभियत सत्ताको स्थापना र त्यसको सुदृढिकरणका साथ सुरुभयो र सत्ताको सुदृढिकरण हुनुभन्दा पहिले नै मइ–जुन १९१८मा गृहयुद्ध र साम्राज्यवादी हस्तक्षेपको सुरुवातसँगै अन्त्य भयो । दोस्रो चरण थियो ‘युद्ध कम्युनिज्म’ जुन कि १९१८को मध्यबाट १९२१को प्रारम्भसम्म चल्यो । तेस्रो चरण थियो नयाँ आर्थिक नीतिहरूको प्रथम समय चक्र जुन कि १९२१बाट प्रारम्भ भएर १९२५को अन्त्यसम्म चल्यो । यसै चरणमा आर्थिक योजनाको विधिवत रूपमा थालनी भयो । चौथो चरण १९२६बाट सुरु भएर १९२९सम्म जारी रह्यो जसलाई हामीले नयाँ आर्थिक नीतिहरूको सङ्कटको चरण भन्न सक्दछौं । पाचौं चरण स्तालिनद्वारा लागू गरिएको आपत्कालीन कदमहरूको चरण थियो जुन १९२९देखि १९३०सम्म जारी रह्यो ।
छैठौ चरण थियो सामूहिकीकरण आन्दोलनको चरण जुन १९३०देखि १९३६सम्म जारी रह्यो । सोभियत समाजवादी प्रयोगहरूको अध्ययनका निम्ति १९३६को चरणसम्मलाई लिनु नै धेरै उपयुक्त हुन्छ । किनभने १९३०को दशकको अन्तबाट सोभियत संघ आसन्न युद्धको तयारीहरूमा लागेको थियो र त्यसै चरणमा तीब्र गतिमा औद्योगिकीकरण तथा युद्ध मेशीनरीको निर्माण गरिएको थियो । यद्यपि सोभियत संघले जर्मन नाजी शक्तिलाई कसरी पराजित ग¥यो र त्यस पुरै चरणमा सोभियत संघमा मजदूर वर्गले आर्थिक र सैन्य मोर्चाहरूमा जुन अनुपम सौर्य प्रदर्शित ग¥यो त्यो पनि अध्ययनको विषय छ र साथै युद्ध अन्त्य भएको केही वर्षहरूभित्र आफ्नो जनसंख्याको करिब ३० प्रतिशत हिस्सालाई गुमाउनु र ८० प्रतिशत औद्योगिक शक्तिको विनाश हुँदा पनि सोभियत मजदुर वर्गले जसरी फेरिबाट सोभियत संघको पुननिर्मित गरेर विश्वका अग्रीम औद्योगिक शक्तिहरूको लामवन्दीमा खडा ग¥यो त्यसले पनि आश्चर्यजनक र अलग ढंगबाट अध्ययनको माग गर्दछ । परन्तु हामीले १९१७देखि लिएर १९३६का बिचका समाजवादी प्रयोगहरूको अत्यन्त संक्षिप्त विवरण तपाईसमक्ष राख्नेछौं किनभने यो विवरण कुनै पनि मानक पाठ्यपुस्तक तथा बोल्सेविक पार्टीका दस्तावेजहरूबाट प्राप्त गर्न सकिन्छ । यस संक्षिप्त विवरणपश्चात् हामीले सोभियत समाजवादी प्रयोगहरूको आलोचनात्मक विश्लेषणतर्फ अगाडि बढ्नेछौं । हामीले सर्वप्रथम लेनिनको मृत्युसम्मको राज्यसत्ता र पार्टीमा भएका परिवर्तनहरूको चर्चा गर्नेछौं र तत्पश्चात् माथि उल्लेखित अलग–अलग चरणहरूका अर्थनीतिका विवरणहरू प्रस्तुत गर्नेछौं ।
अक्टूबर १९१७मा बोल्सेभिक पार्टीको नेतृत्वमा रूसका मजदुर वर्गले बुर्जुवा सरकारको सत्तालाई फालेर सोभियत सत्ताको स्थापना गरे । मार्च १९१८सम्मको समयमा बोल्सेभिक पार्टीको नेतृत्वमा सोभियत राज्य सत्ताको सम्पूर्ण ढाँचाको निर्माणलाई आफ्नो हातमा लियो । अखिल रूसी सोभियत कंग्रेसलाई सत्ताको सर्वोच्च निकाय घोषित गरियो । त्यस कंग्रेसका सदस्यहरूको संख्या सयौं थिए । त्यसकारण त्यस कंग्रेसले एउटा अखिल रुसी केन्द्रीय कार्यकारी समिति (वीटी एसआईके)को निर्वाचन ग¥यो जसले अखिल रुसी सोभियत कंग्रेसको सत्र नचलेको बेला त्यसका सम्पूर्ण कार्यहरूलाई सम्पन्न गर्दथ्यो । परन्तु त्यो पनि एउटा विशालकाय निकाय थियो । जुन थोरै अन्तरालमा मिल्न संभव थिएन । त्यसकारण एउटा जनकमिसार परिषद् (सोवनाकम)को गठन गरियो जसले सरकारका दैनिक कार्यहरूलाई रेखदेख गर्दथ्यो । वास्तविक सरकारको भूमिका यसै निकायको बन्यो ।
सत्ताधारी निकायहरूका रूपमा सोभियतहरूका क्रियाकलाप कैयौं स्थानहरूमा सुरुदेखि नै सही ढंगबाट चल्न सकिरहेका थिएनन् । किसानहरूका सोभियतहरू र यहाँसम्म कि कहीं–कहीं त मजदुरहरूका सोभियतहरू पनि स्वतन्त्र गणराज्य जस्तो व्यवहार गरिरहेका थिए । सम्पूर्ण राष्ट्रिय अर्थव्यवस्थालाई दृष्टिगत नगरिकन निर्णयहरू लिइरहेका थिए । त्यस्ता सोभियतहरूले अखिल रूसी सोभियत कंग्रेस (वीटी एसआईके) र सोचकार्नीयका निर्देशनहरूको अवज्ञा गर्दै संकीर्ण रुपमा स्थानीय हितहरूलाई प्राथमिकता दिइरहेका थिए । छिट्टै नै अलग–अलग सोभियतहरूको त्यस स्वायत्ततालाई समाप्त पारेर केन्द्रीय सत्ता अन्तरगत ल्याइयो । त्यसै समयमा सत्ताका निकायका रूपमा सोभियतहरूको भूमिकाका बारेमा लेनिनका चिन्तन पनि विकसित भइरहेका थिए । लेनिनले सोभियतहरूको सत्ताको व्यवहारिक अनुभवहरूबाट यो कुरा बुझिरहेका थिए कि सोभियतहरू जनताको स्वतःस्फूर्त उर्जाबाट आएका निकाय हुन् र आफ्नो त्यस स्वतःस्फूर्त चरित्र कै कारण तिनीहरूले सरकारको भूमिका पार्टीको विचारधारात्मक राजनीति र संस्थागत नेतृत्वमा नै निभाउन सक्दछन्; किनभने मजदुर वर्गका अगुवाका रूपमा सचेत रूपमा बनाइएको सङ्गठन पार्टी हो, सोभियतहरू होइनन् । यस बुँदामा हामीले आफ्नो विश्लेषणात्मक उपशीर्षकमा विस्तारपूर्वक चर्चा गर्नेछौं ।
यद्यपि बोल्सेभिक पार्टीले सर्वहारा सत्ताको व्यवहारका बारेमा पार्टीको केन्द्रीय भूमिकाप्रति सचेत भइरहेको थियो र व्यवहारिक अनुभव प्रकट गरिरहेको थियो कि पार्टीको संस्थागत अगुवाइबिना उद्योग, कृषि, व्यापारआदि कुनै पनि क्षेत्रमा समाजवादी रुपान्तरण सही ढंगबाट अगाडि बढ्न सक्दैन, त्यसकारण एउटा क्रमिक प्रक्रियामा शोवतार्केभलाई पार्टीको प्राधिकार अन्तरगत ल्याइयो । सर्वहारा जनवादलाई लागू गर्ने रूप के हुन सक्ला, त्यसका विषयमा माक््र्सवादी चिन्तनमा सोभियत समाजवादका अनुभवभन्दा पहिले कुनै विशेष अनुभव विद्यमान थिएन् । त्यसकारण सोभियत सत्ता स्थापित भएपश्चात् बोल्सेविक पार्टीले अखिल रूसी सोभियत कंग्रेस र वीटीएसआईकेदेखि सोवनार्कोभसम्ममा समाजवादी क्रान्तिकारीहरू र मेन्सेभिकहरूलाई पनि स्थान दिएको थियो । वास्तवमा लेनिनले एक समय स्वयं नै कृषि मन्त्रालय एक ‘वामपन्थी समाजवादी’ क्रान्तिकारी कोवालाएवलाई जिम्मा दिएका थिए । परन्तु सोभियत सत्ताका ३ वर्षहरूका अनुभवले नै यो स्पष्ट गरिदियो कि सर्वहारा जनवादको रूप बहुपार्टी जनवाद हुन सक्दैन । अगाडि लेनिनले स्पष्ट गर्नुभयो कि सर्वहारा जनवाद र सर्वहारा अधिनायकत्व कम्युनिस्ट पार्टीको नेतृत्वमा नै किन काम गर्न सक्दछन्, बुर्जुवा कि विकसित हुने आधारभूत तर्क प्रतियोगिता हुने गर्दछ । यो तर्क राजनीतिक क्षेत्रमा बहुपार्टी जनवादका रूपमा अभिव्यक्त हुने गर्दछ, बुर्जुवा वर्गलाई बजारको औसत मुनाफाको दरले एकतावद्ध गराउँदछ, परन्तु उनीहरूका बिचमा कुनै सामूहिकतापूर्ण राजनीतिक सङ्गठन हुँदैन, बरु एउटा प्रतिष्प्रर्धात्मक सङ्गठन हुने गर्दछ । त्यही कारण हो कि बुर्जुवा वर्ग अलग–अलग प्रतिस्पर्धी गुटहरूमा बाँडिएको हुन्छ । परन्तु सर्वहारा वर्गको सङ्गठन बजार र पुँजीद्वारा संचालित हुँदैन बरु एउटा सामूहिकतापूर्ण एकताद्वारा निर्धारित हुने गर्दछ ।
एउटा सर्वहारा राजनीतिक सङ्गठनको तर्क प्रतिष्पर्धात्मक तर्क हुने गर्दैन यद्यपि पुँजीवादी श्रम बजारले उनीहरूलाई पनि प्रतिस्पर्धाका निम्ति बाध्य गराउँदछ । त्यसकारण उनीहरूको राजनीतिक सत्ताको स्वरूप बहुपार्टी जनवाद हुन सक्दैन । परन्तु यो सिद्धान्त समाजवादी प्रयोगहरूको व्यवहारबाट प्रकट भएको हो न कि त्यसको निर्धारिता व्यवहारिक रूपमा यस्तो अवस्था आयो कि छिट्टै नै अन्य बुर्जुवा र निम्नपुँजीवादी पार्टीहरूलाई सत्ताबाट वहिस्कृत गरियोस् ।
अर्कोतर्फ अहिले बोल्सेभिक पार्टी क्रान्तिका निम्ति सङ्घर्ष गरिरहेको मजदुर वर्गको पार्टीका विपरित सत्तामा कब्जा जमाएको मजदुर वर्गको पार्टी बनिसकेको थियो । राजनीतिक सत्ता र सम्पूर्ण राष्ट्रिय अर्थव्यवस्थालाई संचालित गर्ने कार्यले पार्टीभित्र पनि केन्द्रीयता र अनुशासनलाई कडा बनाउनु पर्ने माग गर्दथ्यो । त्यसकारण पार्टीमा पनि नयाँ निकाय अस्तित्वमा आए, जसका बारेमा हामीले अगाडि कुरा गर्नेछौं । अधिकांश सोभियत समाजवादका अध्यताले यस कुराको आलोचना गर्दछन् कि एकातर्फ सोभियत राज्य सत्तामा केन्द्रीकरण हुँदैगयो र अर्कोतर्फ पार्टीमा केन्द्रीकरण हुँदै गयो; र त्यसैका साथ नै राज्य र पार्टीको एउटै लय हुन गयो । जसका कारण सोभियत सत्ता एउटा सर्वसत्तावादी पार्टीको सत्तामा बदलिन गयो ।
उपरोक्त तमाम अध्ययनहरूको समस्या यो छ कि तिनीहरूले बुर्जुवा जनवादका मापदण्डहरूबाट सर्वहारा जनवादको अध्ययन र विश्लेषण गर्न चाहन्छन् । यो त त्यस्तो हुने गर्दछ कि तराजुबाट शरीरको तापमान नाप्ने कोशिस गरे जस्तो । यसमा पनि हामीले अगाडि विस्तारपूर्वक चर्चा गर्नेछौं । अहिले हामीले सोभियत समाजवादी प्रयोगहरूको पहिलो चरण अर्थात गृहययुद्ध सुरु हुनुभन्दा पहिलेको चरणलाई अगाडि बढाउँछौं ।
त्यही पहिलो चरणमा नै बुखारिन, ओसिंकी, रादेकआदिको नेतृत्वमा पार्टीमा पहिलो ‘वामपन्थी’ विपक्षी गुट अस्तित्वमा आयो । त्यस गुटलाई ‘वामपन्थी’ विपक्षको नामबाट चिनियो । त्यसले ब्रेस्त लितोव्स्क संधिमाथि प्रश्न खडा गर्दै लेनिनमाथि यो आरोप लगायो कि जर्मनीसँग युद्ध विरामको सन्धि गरेर उसले सोभियत सत्ताका निम्ति विश्व सर्वहारा क्रान्तिलाई बलिदान गरिरहेको छ, किनभने त्यस गुटले मान्ने गर्दथ्यो कि यदि सोभियत रुसले जर्मनीसँग युद्ध जारी राख्थ्यो भने जर्मनी पनि सर्वहारा क्रान्तिको किनारामा पुग्न सक्थ्यो । यस प्रश्नका अतिरिक्त त्यस गुटले सुरुवाती आर्थिक नीतिहरूमाथि पनि प्रश्न उठायो । त्यस सम्बन्धमा हामीले अगाडि कुरा गर्नेछौं । लेनिनले ब्रेस्त लितोव्स्कमाथि आपत्तिको उत्तर दिँदै भन्नुभयो कि रूसी जनताले अहिले शान्ति चाहेका छन् र तीन वर्षको विनाशकारी पुँजीवादी युद्धभन्दा पहिले पनि थकित र दिक्क छन् । अर्को कुरा यो हो कि जर्मनीमा अहिले क्रान्तिकारी परिस्थिति विद्यमान छैन र एउटा बाह्य कारक अर्थात सोभियत रूससँग युद्धले आफैमा जर्मन क्रान्तिको शुरुवात गर्न सक्दैन । यस्तो अवस्थामा त्यस युद्धबाट न जर्मन क्रान्तिको लागि परिस्थिति तयार हुनेछन् न त सोभियत सत्ता बच्न सक्नेछ । त्यसकारण पछिलो प्राथमिकता युद्ध रोक्न हुनु पर्दछ । पार्टीमा र कैयौं व्यक्तिहरूले बिचको भूमिका अपनाइरहेका छन् जस्तो कि ट्राटस्कीले ‘न युद्ध न शान्ति’को अव्यवहारिक नारा दिइरहेका थिए । युद्धको क्रममा सोभियत रुसले जसरी एकपछि अर्को मोर्चामा पराजित हुँदै गयो, तब लेनिनको प्रस्तावमा पार्टीमा सहमति बन्यो । परन्तु तबसम्म युद्धविरामका शर्तहरू झनै अपमानजनक भइसकेका थिए । त्यसका लागि लेनिनले ‘वामपन्थी’ विपक्षप्रति कठोर आलोचना गर्नुभएको थियो ।
यसैबिच मार्च १९१९मा पार्टीको आठौं सम्मेलन भयो जसमा पहिलो पटक पोलिटब्यूरो र केन्द्रीय समितिका सचिवालयको निर्माण गरियो र १९२०मा नवौं सम्मेलनमा तिनलाई सुदृढ गरियो । एउटा नयाँ ‘वामपन्थी’ गुटले ‘डेमोक्रेटिक सेट्रलिज्म’ (प्रजातान्त्रिक केन्द्रीयतावाद)को विरोध ग¥यो । त्यसलाई जनवादको निषेध बतायो । त्यस गुटका प्रमुख सदस्य स्मिनोभ, ओसिंस्कीआदि थिए । परन्तु लेनिनको नेतृत्वमा पार्टीको बहुसंख्याले त्यस ‘वामपन्थी’ गुटको विरोध ग¥यो र समाजवादी राज्य सत्ता सञ्चालनका निम्ति पार्टीमा अनुशासन र केन्द्रीयताको आवश्यकतामा जोड दिए । लेनिनले स्पष्ट पार्नुभयो कि यसबाट पार्टीमा जनवादलाई निषेध गर्नु होइन बरू त्यसलाई अझै उन्नत र सुदृढ बनाउनु हो । पार्टीमा प्राधिकार तलबाटमाथि प्रवाहित हुने गर्दछ भने अनुशासन माथिबाट तल प्रवाहित हुने गर्दछ । यदि पार्टीको संरचनाले यसप्रकारको जनवादी केन्द्रीयतालाई लागू गर्दैन भने त्यो पार्टी वादविवादको क्लब बन्न जानेछ । ती निकायहरूको शक्तिमाथि नियन्त्रण राख्नका निम्ति नवौं सम्मेलनमा नै एउटा नियन्त्रण आयोग गठन गरियो जसले पार्टीका सामान्य कार्यकर्ताहरूसँग जीवन्त सम्पर्क राख्दथ्यो ।
१९१९देखि १९२०सम्म ट्राटस्की र बुखारिन (जो वामपन्थी विचलनबाट ढुलमूल गर्दै दक्षिणपन्थी विचलन तर्फ गइरहेका थिए)का गुटले ट्रेड युनियनहरूको राजकीयकरणको वकालत ग¥यो र तिनीहरूको स्वायत्ततालाई अन्त्य गर्ने कुरा ग¥यो । विचारणीय कुरा यो छ कि त्यो समय ‘युद्ध कम्युनिज्म’को थियो । त्यस चरणमा राजनीति र अर्थव्यवस्थासम्ममा हरेक मुद्दाको निर्णय गृहयुद्ध तथा विदेशी हस्तक्षेपद्वारा उत्पन्न सङ्कटहरूद्वारा भइरहेको थियो । यस चरणका बारेमा हामीले अगाडि चर्चा गर्नेछौं । ट्राटस्की र बुखारिनको प्रस्ताव ‘वर्कर्स अपोजिशन’ नामक एउटा नयाँ विपक्षी गुटले विरोध ग¥यो र उल्टो शोधपत्र प्रस्तुत गर्दै राज्यको ट्रेडयुनियनकरणको नारा दियो । यी दुवै गुटहरूको क्रमशः दक्षिणपन्थी र वामपन्थी’ अवस्थितिका विरुद्ध लेनिनले पुरै बहस चलाउनु भयो । १९२१मा ती दुवै प्रस्तावहरूलाई खारेज गरियो र भनियो कि यी दुवैले न सर्वहारा अधिनायकत्वको सम्पूर्ण संरचनालाई बुझ्दछन न त आधारभूत पार्टीको विचारधारात्मक र राजनीतिक नेतृत्वकारी भूमिकालाई बुझ्न सक्दछन् । १९२०मा ट्राटस्की–बुखारिन गुटको लेनिनले कठोर आलोचना प्रस्तुत गर्नुभयो । १९२१मा पार्टीको दशौं सम्मेलनमा ‘वर्कर्स अपोजिशन’ गुटको अराजकतावादी–संघाधिपत्यवादी अवस्थितिप्रति पनि प्रहार गर्नुभयो । सर्वहारा अधिनायकत्वको संरचना र त्यसमा पार्टी, ट्रेडयुनियनहरू सोभियतहरूआदिको भूमिकाको बारेमा आम सूत्रीकरण प्रस्तुत गर्नुभयो । जुन आज पनि प्रयोगिक नै छ । यस पुरै बहसमाथि हामीले अगाडि विस्तारपूर्वक विचार गर्नेछौं ।
त्यसै क्रममा अर्थव्यवस्थाको केन्द्रीकृत सञ्चालनका निम्ति सर्वोच्च आर्थिक परिषद (वेसेंखा)को निर्माण गरियो, जसलाई सबैभन्दा पहिले उद्योगहरूलाई व्यवस्थित गर्ने जिम्मेवारी दिइयो । यसका साथै केही समयपश्चात् सर्वोच्च वित्तीय निकाय ताकमफिन, सर्वोच्च वितरण संस्था ताकम प्रांड तथा अन्य आर्थिक निकायहरूलाई पनि वेसेंखाको मातहत गरियो ता कि योजनावद्ध रुपमा सम्पूर्ण समाजवादी अर्थव्यवस्थालाई सञ्चालन गर्न सकियोस् । साथै, त्यसै चरणमा पार्टीले त्यस्ता संस्थाहरू पनि स्थापित ग¥यो जसले त्यस बाध्यकारी केन्द्रीकरणका कारण उत्पन्न हुनसक्ने नोकरशाही प्रवृत्तिहरूका विरुद्ध एउटाप्रति सन्तुलनकारी प्रणालीको कार्य गर्न सकोस्, जस्तै राबक्रिनको गठन, जुन मजदुर किसान निरीक्षण समितिहरू थिए, साथै राज्य नियन्त्रित कमिसारियत (उच्रास्प्रेद)को पनि गठन गरियो । परन्तु ‘युद्ध कम्युनिज्म’ र गृहयुद्धका आपतकालीन समयमा ती प्रणालीहरूले उपयुक्त रूपबाट काम गर्न सकेनन् र पार्टीभित्रका नोकरशाही प्रवृत्तिहरूमाथि त्यस रूपमा लगाम कस्न सकेनन् जसको कल्पना गरिएको थियो । ती समस्याहरूप्रति लेनिन सचेत हुनुहुन्थ्यो । परन्तु १९१७देखि १९२१सम्म विद्यमान प्रतिकूल स्थितिहरूमा केही पनि गर्न सकिंदैनथ्यो । त्यस चरणमा सोभियत सत्ता वस्तुतः आफ्नो अस्तित्व रक्षाका निम्ति लाडिरह्यो । एकातर्फ क्रान्तिको तीन वर्ष पहिलेबाट जारी युद्धमा रूसको विनाशकारी सहभागिताका कारण उत्पन्न भएको अनिकाल र आर्थिक विसर्जन र आर्को तर्फ गृहयुद्ध तथा चौधवटा देशहरूको साम्राज्यवादी घेराबन्दीका कारण सोभियत सत्ताले समाजवादी निर्माणका कार्यहरूलाई व्यवस्थित ढंगबाट हातमा लिन नै सकेन । जहाँसम्म राज्य र पार्टीको लय मिल्नु र दुबैमा केन्द्रीकरणको प्रक्रियाको प्रश्न थियो, त्यो केवल आपतकालीन अवस्थाहरूका कारण मात्र थिएन, बरु लेनिनले त्यस कुराको वांछनीयतालाई सामान्य रूपमा हेर्नुहुन्थ्यो । यो आवश्यक थियो कि समाजवादी निर्माणका सम्पूर्ण परियोजनाहरूको जुन चरणहरूबाट विकसित गर्ने लेनिनको सोंच थियो, त्यस रूपमा आपतकालीन परिस्थितिहरूका कारण समाजवादी निर्माण हुन सकेन । परन्तु जुन सबै बुर्जुवा अराजकतावादी, अराजकतावादी–संघाधिपत्यवादी अध्येताले राज्य र पार्टीका बिचको लय र ती दुवैमा केन्द्रीकरणको प्रवृत्तिका निम्ति स्तालिनलाई जिम्मेवार ठहराउँदै यो आलोचना गर्दछन कि सोभियत सत्ता सर्वसत्तावादी पार्टीको सत्ता बन्न गएको थियो, उनीहरूले त्यसका निम्ति वास्तवमा लेनिनको आलोचना गर्नु पर्दथ्यो । यद्यपि त्यो सम्पूर्ण आलोचना नै एउटा विभ्रमको शिकार हो, परन्तु यस बारेमा हामीले अगाडि चर्चा गर्नेछौं ।
लेनिन कै समयमा राष्ट्रहरूका आत्मनिर्णयको अधिकारलाई लिएर पनि पार्टीमा कैयौं बहसहरू सञ्चालन भए । पार्टीको एउटा हिस्सा जसमा ‘विधर्म चम्काउने’ (Polish Heresy) को प्रभाव थियो । रोजा लग्जेम्बर्ग रुसद्वारा दमित राष्ट्रियताहरूलाई आत्मनिर्णयको अधिकार दिने कुराको विरोधी थिइन् । यसै विषयमा उनका विचारलाई नै रूसी पार्टीमा ‘विधर्म चम्काउने’ (Polish Heresy) नाम दिइएको थियो । परन्तु लेनिनले मान्नुहुन्थ्यो कि साम्राज्यवादको युगमा राष्ट्रहरूको शोषण एउटा यथार्थ हो र कुनै देशका मजदुरहरूलाई जबरजस्ती समाजवादी संघमा सम्मिलित गराउन सकिंदैन । स्तालिनले लेनिनको दृष्टिकोणलाई नै मान्दथे । परन्तु प्रारम्भिक चरणमा उनको जोड यस कुरामा थियो कि गृहयुद्धको क्रममा यूक्रेनआदि देशहरूका पुँजीवादीहरूले यस अधिकारको प्रयोग सोभियत सत्तामाथि हमलाका निम्ति गरिरहेका छन् । त्यसकारण यो अधिकार हरेक राष्ट्रका मजदुर वर्गलाई दिनु पर्दछ । लेनिनको यसबारेको बुझाई थियो कि यस्तो केवल ती देशहरूका साथ गर्न सकिन्छ जहाँ बुर्जुवा वर्ग र सर्वहारा वर्गको राजनीतिक विभेदीकरण स्पष्ट हुन्छ र सर्वहारा वर्ग स्वतन्त्र राजनीतिक अवस्था अपनाउन सक्दछ । यद्यपि सोभियत रूसले त्यस नीतिलाई इमान्दारीका साथ लागू ग¥यो र कुनै पनि विषयमा सोभियत सत्ताका विरुद्ध कुनै राष्ट्रका शासक वर्गले युद्ध छेडेन । त्यहाँ आत्मनिर्णयको अधिकार दिइयो । १९२३ आउँदा आउँदै सोभियत संघ अस्तित्वमा आइसकेको थियो । जहाँ पुरानो रूसी साम्राज्यका लगभग सम्पूर्ण प्रमुख राष्ट्रियताहरू सम्मिलित भैसकेका थिए । सोभियत संघ अस्तित्वमा आउनुभन्दा पहिले सोभियत रूसको औपचारिक नाम रूसी समाजवादी सोभियत गणराज्य संघ (आरएसएफआर) थियो ।
आर्थिक मोर्चामा क्रान्तिपश्चात् दुईवटा प्रक्रिया जारी रहे । एउटा प्रक्रियाले पुरानो आर्थिक तन्त्रलाई ध्वस्त गरेको थियो र दोस्रो प्रक्रियाले नयाँ आर्थिक व्यवस्थाको विकास गरेको थियो । पुरानो अर्थव्यवस्थाको ध्वंस पनि दुईवटा गतिका साथ चल्योः व्यवस्थित रूपमा र स्वतःस्फूर्त रूपमा । उदाहरणका रूपमा क्रान्तिपश्चात् सोभियत सत्ताले भूमि सम्बन्धी आदेश जारी गरेर भूमिको राष्ट्रियकरण ग¥यो । यद्यपि जमिनमाथि कब्जाका किसान समितिहरूका आन्दोलनहरू कैयौं क्षेत्रहरूमा पहिलेदेखि नै जारी थिए र ती क्रान्तिपश्चात् पनि जारी रहे । केवल सोभियत सत्ताले मान्यता प्रदान ग¥यो । त्यसैगरि कैयौं इलाकाहरूमा सोभियत सत्ताले व्यवस्थित रूपमा ती सुधारहरूलाई ग¥यो । उद्योगहरूको क्षेत्रमा पनि त्यही दोहोरो प्रक्रिया देख्न सकिन्छ । अधिकांश स्थानहरूमा क्रान्तिभन्दा पहिले नै कारखाना समितिहरूले कारखानाहरूमाथि कब्जा गरेर मालिकहरू र प्रबन्धकहरूलाई बेदखल गरिरहेका थिए । ती कब्जाहरूलाई पनि बोल्शेभिकले मान्यता प्रदान गरे । परन्तु एक वर्ष भित्रै यो कुरा अगाडि आयो कि अधिकांश स्थानहरूमा कारखाना समितिहरूले कारखानाहरूलाई सञ्चालन नै गर्न सकेनन्, कैयौ स्थानहरूमा मजदुरहरूले कारखानाहरूलाई पुनः मालिकहरूका जिम्मा लगाइदिए, केही अन्य स्थानहरूमा मजदुरहरूले कारखानाका उपकरणहरू बेचेर गाउँतिर गए । जुन कारखानाहरू मुस्किलले चलेका थिए, तिनमा पनि पँुजीवादी उत्पादन अन्त्य भएको थिएन, मात्र एउटा निजी पुँजीपतिको स्थान एउटा कारखाना समितिले लिएको थियो । जसले आम मजदुर वर्गका हितहरूलाई ध्यानमा राखेर उत्पादन गरिरहेको थिएन । केवल त्यस विशिष्ट कारखानाको मुनाफाका निम्ति उत्पादन गरिरहेको थियो । कैयौं स्थानहरूमा कारखाना समितिहरूले सोभियतलाई आफ्ना उत्पादन दिन अस्वीकार गरिदिए र त्यसलाई काला बजारियाका हातमा विक्रि गर्न प्राथमिकता दिए, जबकि सोभियत सत्ताका लागि किसानहरूबाट अनाज लिनका निम्ति विनिमय हेतु औद्योगिक उत्पादनहरूको अत्यन्त आवश्यकता थियो । परिणामतः एउटा अर्थवादी दृष्टिकोण कारखाना समितिहरूमाथि हावी थियो । छिट्टै नै त्यो आन्दोलन असफल हुन गयो । र पुनः ती कारखाना समितिहरूलाई ट्रेड्युनियनहरूका सम्पूर्ण संरचना अन्तरगत ल्याइयो, सम्पूर्ण ट्रेडयुनिनहरूलाई केन्द्रीय अखिल रूसी ट्रेडयुनियन कंग्रेसको मातहत ल्याइयो, र त्यस ट्रेडयुनियन कंग्रेसले वैंसेखाका साथ तालमेल गरि कार्य गर्नु थियो ।
गृहयुद्ध सुरु हुनुभन्दा पहिले कृषिमा राष्ट्रियकरणको कार्यभारलाई मुख्य–मुख्य रूपले पुरा गरियो जुन एउटा जुझारु, बुर्जुवा कार्यभार थियो । किनभने किसानहरू अहिले त्यसै कार्यक्रमका निम्ति राजनीतिक रूपमा तयार थिए र तिनीहरू रूसको जनसंख्याको असी प्रतिशतभन्दा पनि धेरै थिए । साथै ३देखि ४ प्रतिशत भूमिमा राजकीय फार्म र सामूहिक फार्म पनि निर्माण गरियो । भूमि समितिहरूलाई किसान सोभियतहरूका मातहत ल्याइयो । मार्च १९१८ आउँदा–आउँदै सोभियत सत्ताले कृषि सङ्कट झेलिरहेको थियो । धनी किसान र उच्च मध्यम किसानहरूको एउटा ठूलै हिस्साले सोभियत सत्तालाई अनाज दिनबाट रोकिरहेको थियो र त्यसलाई निजी व्यपारिहरूको हातमा जम्मा गराएर महङ्गो मूल्यमा विक्रि गरिरहेका थिए । सोभियत सत्ताले अब त्यसको बदलामा उनीहरूलाई औद्योगिक वस्तुहरूको प्रस्ताव राख्यो तब पहिले त्यसलाई स्वीकार गरियो परन्तु कैयौ स्थानमा जब औद्योगिक वस्तुहरूको आपूर्ति गरियो तब हुने–खाने किसानहरूले ती वस्तुहरू लुटे बदलामा अनाज पनि दिएनन् । त्यसै समयमा लेनिनले भन्नुभयो कि अब समय आयो गाउँहरूमा निम्न तथा निम्नमध्यम किसानहरू र ग्रामीण सर्वहारालाई एकसाथ लिएर धनी किसानहरू र कूलाकहरूका विरुद्ध वर्गसङ्घर्षलाई तीब्र बनाउनु पर्दछ । यो नीति गृहयुद्धभन्दा पहिले नै सुरू पनि गरिएको थियो । मार्च १९१८मा पहिलो पल्ट सोभियत सत्ताले जमाखोरी गर्ने किसानहरूका विरुद्ध कदम उठायो । जग्गाको मूल्यमा दलाली र जमाखोरीका विरुद्ध आदेशात्मक सूचना जारी भयो । तत्पश्चात् पार्टीले मजदुरहरू र गरीब किसानहरूको अन्नबाली प्राप्त गर्ने टोलीहरू गठन ग¥यो । तीनको कार्य प्रारंम्भिक चरणमा नै अत्यन्त सफल भयो किनकि ती टोलीहरूले जमाखोरहरूबाट अन्नवाली असूली मात्र गर्दैनथे, तिनीहरूले धनी किसानहरू र कूलाकहरूका विरुद्ध राजनीतिक प्रचार पनि गर्दथे । परन्तु त्यस शानदार सुरुवातलाई अगाडि बढाउनका निम्ति पार्टीले गृहययुद्ध सुरु भएपश्चात् निरन्तर राजनीतिक नेतृत्व दिन सकेन । त्यसकारण यो प्रयास अगाडि सफल हुन सकेन ।
स्राेत: जनपत्रिका माघ अङ्क