७ आश्विन २०८१, सोमबार

परनिर्भरता र उदारवाद आर्थिक सङ्‌कटको मूल कारण हो : अनिल सी

0

नेकपाका स्थायी समिति सदस्य अनिल सीले आर्थिक सङ्‌‌कटको मूल कारण भारतप्रति परनिर्भरता र उदारवाद भएको बताएका छन् । बिहीबार नेकपा पूर्व–चितवन जिल्ला समितिले रत्ननगर नगरनगरपालिका, टाँडीमा आयोजना गरेको विचार गोष्ठिमा प्रमुख अतिथिका रुपमा आफ्नो धारण राख्दै उनले यस्तो बताएका हुन् ।

उनले भारतप्रति परनिर्भर अर्थतन्त्र हुनु, भ्रष्टाचार हुनु, भारतको हेपाहा नीतिका कारण नेपालको उत्पादकत्व कमजोर हुनु अहिलेको आर्थिक सङ्‌कटको मूल कारण भएको बताए । यसको निकासका लागि उत्तरी सीमानाका खोल्नुपर्ने तथा भारतप्रतिको परनिर्भरता घटाउनु पर्ने उनको तर्क थियो ।

२०४६ सालपछि कांग्रेसको नेतृत्वमा एमालेसमेतको सरकारले नवउदारवादलाई स्विकार गरेपछि उद्योग‌हरू नीजिकरणको नाममा विदेशीलाई बेचिएको वा बन्द गरिएको, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रमा अनुदान कटौती गरिएका कारण देश परनिर्भर बन्दै गएको खुलासा गरे । नेपाली विशेषताको समाजवादले मात्र यी दुई समस्याको समाधान गर्न सक्ने उनको निश्कर्ष थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका अखिल अधिकारी, माओवादी केन्द्रका दीपक शाही (सुरेस), नेकपा मशालको डम्बर पूरी, जसपाका मुस्तफा अली, नेकपा (एस) का हेमन्त कँडेलले अनिल सीद्वारा प्रस्तुत कार्यपत्रमाथि टिप्पणीमूलक धारणा राखेका थिए। कार्यक्रममा कवि राजेन्द्र हमालले कविता वाचन गरेका थिए। सो कार्यक्रमको अध्यक्षता जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य उत्सव सीले गरेका थिए भने सञ्चालन सूर्य सीले गरेका थिए ।

कार्यक्रममा उपस्थित सबैलाई पूजा सीले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए । कार्यक्रममा बुद्धिजीवी अजित पौडेलले मन्तव्य राखेका थिए भने पश्चिम जिल्ला इञ्चार्ज दिनेश सी, उद्योग वाणिज्य संघ, रत्ननगरका राममनी थपलिया, पर्यटन व्यवसायी धुर्व पौडेललगायत अतिथिहरूको सहभागिता रहेको नेकपा नेता उत्सव सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।