९ मंसिर २०८१, आईतवार

देश भू-राजनीतिक दाउपेचको चपेटामा पार्‍यो : सुमनसिंह सी

0

बिर्तामोड/ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले नेपाल अहिले शक्तिशाली देशहरूको आपसी शक्ति संघर्ष र भू-राजनीतिको चपेटामा परेकोले समस्या समाधानमा सहकार्यको दायरा बढाउनुपर्ने टिप्पणी गरेका छन् ।शनिबार बिर्तामोडमा आयोजित `आर्थिक राजनीतिक संकट र त्यसले आमसञ्चारमा पारेको दुस्प्रभाव´ बिषयक अन्तकृयामा बोल्ने क्रममा नेता सुमनसिंहले यस्तो टिप्पणी गरेका हुन् ।

देशको अहिलेको आर्थिक संकटले मिडिया क्षेत्रमा गम्भीर नकारात्मक प्रभाव परिरहेको बेला यसले नागरिकको आवाज र अधिकारसमेत कमजोर पारेको भन्दै नेता सुमनसिंहले संकटको यो परिस्थितिमा वामपंथी, कम्युनिस्ट, देशभक्त र सच्चा लोकतान्त्रिक शक्तिहरुबीच सहकार्य जरुरी रहेको बताए ।

मन्तव्यको क्रममा उनले नेपालका हरेक परिवर्तन र आन्दोलनमा अग्रमोर्चामा रहेर अगुवाइ गरिरहेका पत्रकारहरुको जीवन दिनप्रतिदिन असहज भएको तर केही सिमित व्यक्तिहरुको आर्थिक हैसियत रातारात फेरिएको भन्दै आफुहरु यो अवस्था परिवर्तनका लागि लडिरहेको  बताए ।

“देशको संविधानमा समाजवाद उन्मुख भनियो, सबै पार्टीहरुले समाजवादी एजेन्डामा भोट पनि मागे तर यसले आम जनता र पत्रकारहरुलाई सडकमै छोड्यो, उनीहरुका समस्या समाधान भएनन्” -नेता सुमनले मन्तव्यको क्रममा भने-” अब समाजवाद उन्मुख मात्रै होइन, साच्चिकै समाजवाद स्थापनाको दिशामा अगाडि बढ्नुपर्छ ।”

मिडियामा देखिएका समस्या र सामाग्रीप्रतिको अविश्वसनियताबारे पत्रकारहरूले पनि आत्मसमिक्षा गर्नुपर्ने बेला आएको भन्दै नेता सुमनसिंहले मिडियामा देखिएको आर्थिक संकटको जुन दुस्प्रभाव छ, त्यसको प्रत्यक्ष सम्बन्ध राजनीति र व्यवस्थासंग जोडिएकोले अब नेपाली विशेषताको समाजवादले मात्रै विद्यमान संकटको दिगो समाधान दिने दाबी गरे ।

जनपत्रकार संगठन नेपाल केन्द्रिय समितिको देशव्यापी अभियान  अन्तर्गत आयोजित कार्यक्रममा नेकपा स्थायी समिति सदस्य एवम् प्रचारप्रसार विभाग इन्चार्ज अनिल सी, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, पत्रकार महासंघ झापाका  उपाध्यक्ष केशव भट्टराई, प्रेस युनियनका ज्ञानेन्द्र निरौला, प्रेस सेन्टरका लिलाराज झापाली, मिडिया एयाक्सनका नरेन्द्र ढकाल, सञ्चारिका समुह झापा अध्यक्ष लिला अनमोल, प्रेस चौतारीका प्रदीप परियार, फोनिज अध्यक्ष भुमिका सुब्बा लगायतका वक्ताहरुले संकटको मिडियामा परेको प्रभावबारे धारणा राखेका थिए ।

संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा सचिवालय सदस्य शोभराज बरालले मन्तव्यद्वारा स्वागत गरेका थिए भने सचिवालय सदस्य प्रवीण अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।