३ आश्विन २०८१, बिहीबार

नेकपा सिन्धुपाल्चोकको ५औं पूर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको ५औं पूर्ण बैठक महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । चाैतारा साँगाचाेकगढी नगरपालिका -८ सुकुटेमा बसेको बैठकले अघिल्लो ६ महिने आवधिक योजनाको समीक्षा तथा पछिल्लो ६ महिने आवधिक योजना तय गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी साेनाम सीको अध्यक्षतामा बसेको बैठकमा नेकपाका केन्द्रिय सदस्य तथा दाेलखा जिल्ला इन्चार्ज विकल्प सीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै बैठकमा वैकल्पिक केन्द्रिय सदस्य तथा सामना परिवारका इन्चार्ज आरोह सी, केन्द्रिय प्रतिनिधि सदस्य किरण सी, सिन्धुपाल्चोक जिल्ला इन्चार्ज युगिन सी, केन्द्रीय प्रतिनिधि सदस्य राजकुमार सी र पूर्व सेक्रेटरीहरु सुमन सी र पवित्रा सीको आतिथ्यता रहेको थियो ।
पार्टी केन्द्रको ६ महिने आवधिक योजना कार्यन्वयनका लागि जिल्ला पार्टीले जिम्मेवारी बाँडफाँड गरिएको छ ।

बैठकमा प्रमुख अतिथि विकल्प सीले दलाल पुजीवादको विकल्प नेपाली विशेषताको समाजवाद भएको ठाेकुवा गरे । उनलेे भने,’नेपालमा अमेरिकी साम्राज्यवाद आँफै लड्न आएको छ । अहिले नेपाली जनताको मुख्य दुश्मन अमेरिकी साम्राज्यवाद हो । दुश्मन बदलियो भने मित्र शक्ति बदलिन्छ । अहिले हामीले चार मित्र शक्ति, चार मित्र वर्ग र ६ मित्र समुदायको अवधारणासहित जनताको एकीकृत बलद्वारा दलाल पुजीवादलाई परास्त गर्नेगरी योजना बनाएका छौँ । आजको दुनियाँमा चुनावलाई कार्यनीति र रणनीतिको मात्रै विषय नबनाएर यसलाई क्रान्तिको समग्र मोर्चाको रुपमा बुझ्नुपर्दछ । त्यसैले पार्टी नेताकार्यकर्ता कोहिपनि भ्रमित हुनुपर्दैन । चुनावलाई संघर्षको मोर्चा बनाएर समाजवादी अभियानको रुपमा प्रयोग गर्नुपर्दछ ।’

कम्युनिस्ट जनमत सुरक्षित गर्नका लागि कम्युनिस्टहरुको बृहत एकताका लागि पनि पहल गर्नुपर्ने उनले बताए ।
उनले भने,’संसदवादका लागि एकता गर्ने भनेका होइनौं एकता क्रान्तिका लागि हुनुपर्छ ।’

बैठकले अवैध रुपमा नदिजन्य पदार्थको उत्खनन, चोरी, पैठारी, लागुऔषधको कारोबारो, पालिकामा भइरहेका भ्रष्टाचार, अनियमितता विरुद्ध सशक्त जनसंघर्ष गर्ने निर्णय गरेको जनाइएको छ । साथै मिटरव्याज पीडित, लघुवित्त पिडित नागरिकका पक्षमा समेत संघर्ष गर्ने निर्णय गरेको छ । बाह्रबिसे तातोपानी सडक खण्ड ६ लेनकाे बनाउन दबाब दिने, हाइड्रोपावरहरुकाे ज्यादती विरुद्ध संघर्ष गर्ने, अवैध रुपमा संञ्चालनमा भइरहेको क्रसरहरुलाई राेक लगाउने जस्ता संघर्षकाे कार्यक्रमकाे गर्ने निर्णय गरेकाे छ ।
बैठकले समाजवादका पक्षमा भित्तेलेखन गर्ने, पालिकामा राजनीतिक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, सबै तहका कमिटीहरु गठन/पुनर्गठन गर्ने निर्णय गरेको नेकपाले जानकारी दिएको छ । बैठकले पूर्व जिल्ला इन्चार्ज किरण सी, पूर्व सेक्रेटरी पवित्रा सीलाई बिदाइ पनि गरेकाे छ ।
यसैबीच जिल्लाकाे बैठकपछि सिन्धुपाल्चोककै खाडीचाैउरमा केन्द्रीय सामना परिवारले समाजवादकाे लागि जागरण अभियान अन्तर्गत सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।