३ आश्विन २०८१, बिहीबार

महासचिव विप्लवद्वारा कपिलवस्तुमा सहिद परिवारको घर शिलान्यास

0

काठमाडौं/ नेकपा महासचिव विप्लव सीद्वारा कपिलवस्तुको शिवराज नगरपालिका ९ स्थित जनयुद्धकालिन सहिदद्वय शंकर विक र राजु विकको आमा देविमाया विकको आवास निर्माणको शिलान्यास गरेका छन् ।
शिवराज ९ बानियाभारस्थित विकको घर निर्माणको शिलान्यास गर्दै महासचिव विप्लवले पार्टीको पाचौं पूर्ण बैठकमा सहिद परिवारहरुकाे घर निर्माण गर्ने घोषणा अनुरुप आवास निर्माणको अभियान थालनीसमेत गरेको बताए ।
देश र जनताका लागि बलिदानी गर्ने सहिद र सहिदका परिवारलाई पार्टीको साथ रहने बताउदै विप्लवले सहिद परिवारसँगै दु:ख सुखमा सहकार्य गर्ने बताएका छन् । सहिद परिवार, घाइते, अपांग र अङ्गभङ्ग रहेका योद्धाहरुका समस्यामा पार्टीले नीति बनाएर समाधानको प्रयास गर्ने समेत बताए ।
आवास निर्माण कार्यक्रममा सहिद परिवार सदस्य भावुक हुँदै आफ्नो सन्तानको बलिदान खेर जान नदिन अनुरोध गरेको कार्यक्रममा सहभागी पत्रकार झुसे सीले बताए ।
आवास निर्माण कार्यक्रममा पार्टी पिबिएम विजय सी असल सी, सिसिएम अडिग र पार्टीका विभिन्न तहका नेता कार्यकर्ता, आफन्तजनहरु र जनसमुदायहरुको उपस्थिति रहेको थियोे । निर्माण कार्य सुष्मा सीको संयोजकत्वमा ५ सदस्यीयनिवास निर्माण टोलि गठन गरि कार्य अगाडि बढाएको छ ।
निर्माण कार्यमा युवा कलव, समुदायिक वन र वडा कार्यलय लागयतले सहयोग रहेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।