३१ भाद्र २०८१, सोमबार

गोरखा एकिकृत जनक्रान्तिको आधारभूमि बन्नुपर्छ : शिलु सी 

गोरखा जिल्लाको चौथो बैठक सम्पन्न 

0

गण्डकी: नेपाल कम्युनिस्ट पार्टी गोरखाको चौथो पुर्ण बैठक सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) ले गोरखाले जनयुद्दकालमा महत्वपुर्ण आधारक्षेत्रको रुपमा खेलेको भुमिकाको चर्चा गरेकी थिइन् । उनले जनयुद्दमा जस्तै एकिकृत जनक्रान्तिमा पनि गोरखाको बिशेष भुमिकाको अपेक्षा गरेको भन्दै समाजवाद निर्माणको लागि गोरखा अग्रस्थानमा देखिनुपर्ने बताइन् । देशले दलाल पुजिँवादी व्यवस्थाकाे विकल्प खोजिरहेको र त्यसको विकल्प नेकपाले अगाडि सारेको नेपाली विशेषताको समाजवाद रहेको बताउदै उनले समाजवाद स्थापनार्थ जनस्तरमा बहस र छलफल चलाउन आवश्यक रहेको पनि उल्लेख गरिन् । नेता शिलु गोरखा जेल बेक्रकी कमाण्डर पनि हुन् । 

यस्तै कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एव जिल्ला इन्चार्ज कपिल सीले देशमा बिशिष्ट परिस्थिति आएको भन्दै पार्टीले लिएको नीति परिस्थिति अनुकुल रहेको बताए । नेता कपिलको भनाई थियो ‘हामीले खडा गरिदिएको गणतन्त्रमा साम्राज्यवादीका गोटीहरुले हालिमुलाही गर्ने अवस्था आयो,  देश अब समाजवादको बाटोमा अघि बढ्नुपर्ने र यसको नेतृत्व हाम्रो पार्टीले गर्नुपर्छ ।’ 

पार्टीका जिल्ला सेक्रेटरी काजी सीले पार्टीले दिएको कार्यभार पूरा गर्न सबै एकताबद्द भएर लाग्नुपर्ने बताए । उनले गोरखा जिल्ला सामरिक र एतिहासिक रहेको बताउदै सोही बमोजिमको भुमिका खेल्न सबै जिम्मेवारी हुनुपर्ने बताए । 

बैठकमा अतिथिको रुपमा उपस्थित नेकपा मनाङ सेक्रेटरी विजय सी, अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय सदस्य विनोद पाण्डे, जिल्ला सल्लाहकार डिलबहादुर भण्डारी,  योगेन्द्र सी, विनोद सी लगायतले पार्टीप्रति जनआस्था र विश्वास बढेको बताउदै समाजवादी व्यवस्थाको नेतृत्व नेकपाले गर्नुपर्ने बताएका थिए । 

चौथो बैठकले सबै नगरपालिका र गाउँपालिकामा इन्चार्ज सेक्रेटरी तोकेको छ भने उत्पादन र सङ्घर्षका कामहरु पनि अघि बढाउने निर्णय गरेको सेक्रेटरी काजी सीले जानकारी दिए । त्यस्तै बैठकले सबै जवस र मोर्चाहरुको भेला र सम्मेलन गर्ने निर्णय समेत गरेको छ । 

बैठकले पार्टी केन्द्रको कार्यक्रम अनुरुप सहकारीका पीडितहरुका समस्या,  लघुवित्तसम्बन्धी समस्या,  मिटरव्याजी लगायत जनतासग जोडिएका समस्याहरुलाई उठान गर्ने निर्णय पनि बैठकले गरेको छ । नेपाली बिशेषताको समाजवादबारे पालिकास्तरसम्म अन्तरक्रिया आयोजना गर्ने,  समाजवादी मोर्चाको औचित्य र नेपाली विशेषताको समाजवादबारे बहस र अन्तरक्रिया कार्यक्रमहरु गर्ने निर्णय समेत गरेको छ ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।